Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

डेनिस राजकुमार फ्रेडरिकद्वारा रेडक्रसको कार्यालय भ्रमण

\"prince\"काठमाडौं । नेपाल भ्रमणमा रहेका डेनिस राजकुमार फ्रेडरिक एन्ड्रे हेनरिक नेपाल रेडक्रसको केन्द्रीय कार्यालय कालिमाटीमा सोमबार गएर सोसाइटीका गतिविधिबारे जानकारी लिए । डेनिस रेडक्रसको मानार्थ कमिसनरको हैसियतमा उहाँ अनौपचारिक भ्रमणमा भदौ ३१ गते नेपाल आएका थिए । सो अवसरमा मानवीय सेवामा सोसाइटीले गरिरहेका कार्य एवम् भूकम्पपश्चात् उद्धार, राहत तथा पुनःस्थापनाका बारेमा सोसाइटीका अध्यक्ष सञ्जीव थापा र महामन्त्री देवरत्न धाख्वाले राजकुमार फ्रेडरिकलाई अवगत गराएका थिए । सो अवसरमा राजकुमार फ्रेडरिकले भने– ‘नेपाल भ्रमणका क्रममा मैले अति रमणीय जिल्ला लमजुङको गाउँबस्तीमा जाने मौका पाएँ, त्यहाँको अनुपम जीवनशैली र आर्थिक–सामाजिक अवस्था नियाल्दा विशिष्ट अनुभूति गरेँ ।’ उनले मानवीय सेवामा सोसाइटीले गरिरहेको कार्यप्रति धन्यवाद दिए ।  । सो अवसरमा अध्यक्ष थापाले भने, ‘डेनिस रेडक्रस र नेपाल रेडक्रसको मित्रता अविच्छिन्न रहेको अवस्थामा राजकुमारको भ्रमणले हामी उत्साहित भएका छौँ । यसअघि राजकुमार फ्रेडरिकले डेनिस रेडक्रसको सहयोगमा लमजुङ जिल्लाको पूर्वी गाउँमा सञ्चालित पूर्व तयारी तथा भूकम्प सहयोग कार्यक्रमको अवलोकन गरेका थिए । त्यस क्रममा उनले स्थानीय खोलामा पौडी खेले , स्थानीय प्राथमिक विद्यालयको निरीक्षण गरे  र कापी, किताब, चकजस्ता आधारभूत पठनपाठनका सामग्री सहयोग पनि गरेका थिए । राजकुमार फ्रेडरिकको आजै स्वदेशतर्फ फर्किने कार्यक्रम छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy