Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

डेनिस राजकुमार फ्रेडरिकद्वारा रेडक्रसको कार्यालय भ्रमण

\"prince\"काठमाडौं । नेपाल भ्रमणमा रहेका डेनिस राजकुमार फ्रेडरिक एन्ड्रे हेनरिक नेपाल रेडक्रसको केन्द्रीय कार्यालय कालिमाटीमा सोमबार गएर सोसाइटीका गतिविधिबारे जानकारी लिए । डेनिस रेडक्रसको मानार्थ कमिसनरको हैसियतमा उहाँ अनौपचारिक भ्रमणमा भदौ ३१ गते नेपाल आएका थिए । सो अवसरमा मानवीय सेवामा सोसाइटीले गरिरहेका कार्य एवम् भूकम्पपश्चात् उद्धार, राहत तथा पुनःस्थापनाका बारेमा सोसाइटीका अध्यक्ष सञ्जीव थापा र महामन्त्री देवरत्न धाख्वाले राजकुमार फ्रेडरिकलाई अवगत गराएका थिए । सो अवसरमा राजकुमार फ्रेडरिकले भने– ‘नेपाल भ्रमणका क्रममा मैले अति रमणीय जिल्ला लमजुङको गाउँबस्तीमा जाने मौका पाएँ, त्यहाँको अनुपम जीवनशैली र आर्थिक–सामाजिक अवस्था नियाल्दा विशिष्ट अनुभूति गरेँ ।’ उनले मानवीय सेवामा सोसाइटीले गरिरहेको कार्यप्रति धन्यवाद दिए ।  । सो अवसरमा अध्यक्ष थापाले भने, ‘डेनिस रेडक्रस र नेपाल रेडक्रसको मित्रता अविच्छिन्न रहेको अवस्थामा राजकुमारको भ्रमणले हामी उत्साहित भएका छौँ । यसअघि राजकुमार फ्रेडरिकले डेनिस रेडक्रसको सहयोगमा लमजुङ जिल्लाको पूर्वी गाउँमा सञ्चालित पूर्व तयारी तथा भूकम्प सहयोग कार्यक्रमको अवलोकन गरेका थिए । त्यस क्रममा उनले स्थानीय खोलामा पौडी खेले , स्थानीय प्राथमिक विद्यालयको निरीक्षण गरे  र कापी, किताब, चकजस्ता आधारभूत पठनपाठनका सामग्री सहयोग पनि गरेका थिए । राजकुमार फ्रेडरिकको आजै स्वदेशतर्फ फर्किने कार्यक्रम छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending