बारा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पार्टीले पनि गठबन्धनको कल्पना गर्न नहुने बताएका छन् । बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै चुनावअघि होस् वा पछि दुवै गठबन्धन नफापेको उनको बुझाइ छ।
अहिले जतिसुकै बलियो गठबन्धनबाट प्रधानमन्त्री बनेपनि प्रत्येक दिनजस्तो सरकार ठिक छ भनिराख्नुपर्ने स्थिती रहेको उनले बताए। उनले यस्तो परिस्थितीको अन्त्य गर्नको लागि निर्वाचन प्रणालीमा काम गर्नुपर्ने बताए।
उनको भनाइ,
हामीले एउटा पार्टीले एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाउन सक्छु भन्ने स्थितीको निर्माण हामीले गर्नुपर्नेछ। हामीले निर्वाचन प्रणालीबारे पार्टीभित्र र अन्य दलहरुसँग पनि छलफल चलाउनुपर्नेछ। ०८४ को चुनावमा कुनै पार्टीले गठबन्धन गर्नेबारे कल्पना नै नगरोस्, गठबन्धनबारे कसैको पनि राम्रो अनुभव छैन।
यो चुनावमा हामीले माओवादीसँग मिलेर लड्यौं। अहिले एमालेसँग सरकारमा छौं। एमाले र माओवादीले त पार्टी नै एउटै बनाए, अहिले एकअर्कासँग मारामार छ। हामी कसैसँग पनि गठबन्धनको राम्रा अनुभव छैन। भारत, युरोपमा पनि गठबन्धन हुन्छ, हुँदैन नहुने भन्ने होइन। तर नेपालमा न चुनाव अघिको गठबन्धन राम्रो चल्यो, न चुनावपछिको।
प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटक, कहिलेकाहिँ तीन चार दिनमा एक पटक आएर मेरो सरकार ठिक छ भन्नै पर्छ। जति बलियो भएपनि, टिक्छ टिक्छ, हिजो बेलुकासम्म नटिक्ने थियो, आज आइपुग्दा टिक्ने भइसक्यो भन्नुपर्ने अवस्था छ। त्यसैले हामीकहाँ गठबन्धनको संस्कृति राम्रो भएन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: