Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कवाड गोदाममा महानगरको डोजर, नगर प्रहरीसँगको झडपमा दुईजना घाइते

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी र कवाडी व्यवसायीबीच झडप हुँदा २ जना घाइते भएका छन् ।

च्यासलमा कवाडी सामान भण्डारण गरिएको स्थान खाली गर्न महानगरपालिकाले जारी गरेको सूचनालाई अवज्ञा गरेपछि कवाडी संकलन केन्द्रमा महानगर प्रहरीले डोजर लिएर गएको थियो । सोही क्रममा कवाडी संकलन केन्द्रमा डोजर चलाउँदा बिहीबार सवा ११ बजे दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

झडपका क्रममा महानगर प्रहरीका इन्ससपेक्टर ५० वर्षीय ईश्वरी वाग्ले घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । कवाडी व्यवसायीको सर्लाही, रामनगर–४ का ३५ वर्षीय होसनारायण यादव पनि घाइते भएका छन् । उनको पनि टाउकोमा चोट लागेको छ ।

घाइतेको सिभिल अस्पताल, मीनभवनमा उपचार भइरहेको बोहराले बताए । झडपमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रौतहट, मौलापुर– ४ घर भई कोटेश्वर बस्ने १८ वर्षका सन्जिव यादव र सर्लाही रामनगर गापा १ का ३५ वर्षीय जोतनारायण यादव छन् । उनीहरूलाई प्रहरी बृत्त, नयाँ बानेश्वरको हिरासतमा राखिएको प्रवक्ता बोहराले बताए ।

यता कवाड व्यवसायी  समाजले  महानगरले  कवाडी व्यवसायीमाथि दमन गरेको आरोप लगाएको छ ।  घटनापछि एक विज्ञप्ती जारी गर्दै  कवाड व्यवसायी र संकलकमाथि भइरहेको गुण्डागर्दी र ज्यादतीलाई तत्काल रोक्न  सरकार र सरोकारवाला निकायसँग अनुरोध गरेको छ  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending