Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

७ दशकदेखि स्थानीय स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

खबरडबली संवाददाता

धनकुटा । राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको सहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ । प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार भनिएको धनकुटा मुलुकमा व्यवस्था परिवर्तन हुनेक्रमसँगै बेहुली अन्माएको घरजस्तै बिरसिलो बन्दै गएको स्थानीयको अनुभूति सुनिन्छ ।

धनकुटाको विगतको त्यो विरासत र गर्विलो इतिहास अहिले नदेखिए पनि धनकुटा बजारको एकछेउमा रहेको सात दशकअघि खुलेको बिस्कुट उद्योगले भने पुराना दिनहरुलाई सम्झाउन छाडेको छैन । धनकुटाको जीवित इतिहासका रुपमा रहेको मोहन बिस्कुट उद्योगले ७३ वर्ष पहिलेदेखि अनवरतरुपमा उपभोक्तालाई स्थानीय स्वाद चखाउँदै आएको छ । यहाँको धनकुटे नरिवल बिस्कुटले जिल्लाको पहिचान स्थापना गर्ने मात्र होइन, यसको मौलिक स्वादले धेरैको मुख रसिलो बनाउँदै आएको छ ।

प्रशासनिक काममा धनकुटा आउने धेरै सरकारी कर्मचारी र सेवाग्राहीले चिया पिउँदा होस् वा घर फर्किंदा लैजाने कोसेलीको रुपमा धनकुटे नरिवल बिस्कुट पहिलो रोजाइमा पर्छ । रैथाने खाद्यवस्तु भएकाले धनकुटा बजार पुग्ने जो कोही आगन्तुकले घर फर्कंदा कोसेली स्वरुप धनकुटे नरिवल बिस्कुट खरिद गर्न भुल्दैनन् ।

लोकसेवा आयोगको परीक्षा दिन धनकुटा पुगेकी एक युवती बसपार्कमा बिस्कुट किन्दै गरेको भेटिइन् । बिस्कुट झोलामा हाल्दै उनले भनिन्, ‘जतिपटक धनकुटा आएको छु, उतिनै पटक धनकुटे नरिवल बिस्कुट कोसेली लिएर गएकी छु । अन्य बिस्कुटभन्दा यसको स्वाद बेग्लै छ । स्थानीय उत्पादन भएकाले परिवार र साथीहरुले पनि खुब मन पराउँछन् । सबैले रुचाउने भएकाले यता आउँदा किनेर लैजान्छु ।’

भारतको जोगवनीबाट सुरु हुने कोशी राजमार्ग धनकुटा बजार छिचोल्दै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्छ । यो राजमार्गमा दैनिक हजारौँ गाडी गुड्छन् । ती गाडीको एउटा स्टेसन हो, धनकुटा बसपार्क ।

ती गाडीमा यात्रा गर्ने यात्रुहरुको रोजाइ पनि धनकुटे नरिवल बिस्कुट पर्ने गर्छ । धनकुटा बसपार्कका सबैजसो पसलमा विभिन्न किसिमका धनकुटे बिस्कुट राखिएको हुन्छ । बसपार्कमा एकछिन गाडी रोकिएको बेलामा पनि यात्रुहरुको आँखा धनकुटे बिस्कुटमै पर्छ ।

आफन्त भेटघाटमा पनि सबैभन्दा सजिलो कोसेली भएकाले यात्रुहरुले किन्ने गरेको धनकुटा बसपार्कमा रहेको पाथीभरा होटलका सञ्चालक दुर्गा राईले बताए। उनले पनि होटलको बाहिर सोकेसमा चियासँग बिस्कुट खाने ग्राहकलाई खुवाउन र बाहिरका ग्राहकलाई बिक्री गर्न धनकुटे बिस्कुट राखेका छन् ।

होटल, किराना र नाङ्ले पसलमा धनकुटे नरिवल बिस्कुट बिक्रीका लागि राखिएको हुन्छ । यसैबाट थाहा हुन्छ, धनकुटे नरिवल बिस्कुटको स्थानीय महत्व र बजारमा माग कति धेरै हुन्छ भन्ने।

घरेलु प्रविधिबाट बन्ने धनकुटे नरिवल बिस्कुट कोसेली लैजान वा खाजाको रुपमा सबैको रोजाइमा पर्छ । धनकुटा सदरमुकामका ठूला बजारमा मात्र नभई गाउँका स–साना चिया पसलमा समेत यो बिस्कुटले स्थानीय ‘ब्रान्ड’को पहिचान बनाएको छ ।

सदरमुकामस्थित मदनचोकमा रहेको कञ्चनजङ्घा होटलका सञ्चालक गोरख कटुवालको भनाइमा होटलमा आउने आगन्तुकले चियासँगै धनकुटे नरिवल बिस्कुट अनिवार्य रूपमा खोज्छन् । होटलमा बसिञ्जेल नियमित खाजाको रुपमा खान्छन् ।

अनि घर फर्किंदा कोसेलीको रुपमा किनेर लैजान्छन् । त्यसैले होटलमा अन्य खाद्य र पेय वस्तुसँगै धनकुटे नरिवल बिस्कुट राख्ने गरेको होटल सञ्चालक कटुवालले बताए । ‘प्याकेजिङ हेर्दा खासै राम्रो र लोभलाग्दो देखिँदैन । खै के सारो मन पराएका हुन् । स्वाद मानीमानी खान्छन्’, कटुवालले सुनाए ।

विसं २००८ मा धनकुटा–४ निवासी स्व विश्वेश्वरमान श्रेष्ठले धनकुटे बिस्कुट बनाउन थालेका हुन्। लामो अनुभवपछि स्व श्रेष्ठले नै २०३० सालमा घरेलु उद्योगमा मोहन बिस्कुट उद्योग दर्ता गराएका थिए । यो उद्योग अहिले पनि सञ्चालन भइरहेको छ । उनका छोरा मोहन श्रेष्ठले बुबाले थालनी गरेको धनकुटे नरिवल बिस्कुटको विरासतलाई निरन्तरता दिँदै आएका छन् ।

पहिले धनकुटामा एउटा मात्र मोहन बिस्कुट उद्योग भएकाले सुरुमा थोरै उत्पादन हुन्थ्यो । बजार पनि सानै थियो । तर बिस्कुट उद्योगमा काम सिकेका कामदारले आफैँ उद्योग खोल्न थालेपछि अहिले उद्योगहरु बढेका छन् । उत्पादन बढेको छ र धनकुटे नरिवल बिस्कुटको बजार पनि फैलिँदै गएको छ । धनकुटा नरिवल बिस्कुट धनकुटा बजारसँगै भेडेटार, मूलघाट, हिले, सिधुवा, पाख्रीबासलगायत धनकुटाका बजारमा सहजै खरीद गर्न सकिन्छ ।

धनकुटा नरिवल बिस्कुटसँगै यहाँका उद्योगहरुले अहिले कोको, कुकिज, खास्ता, बदाम, डुनोट, फुलकेक, केकजस्ता १७ प्रकारका बिस्कुट उत्पादन गरिरहेका छन् । अहिले धनकुटाका विभिन्न स्थानमा बिस्कुट उत्पादन गर्ने एक दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन् । बजारमा यसको माग बढेसँगै उद्योग खुल्नेक्रम पनि झाँगिएको हो। सुरुवाती दिनमा मोहन बिस्कुट मात्रै सञ्चालनमा थियो ।

अहिले धनकुटा सदरमुकामसहित आँखिसल्ला, पाख्रिवास, हिले, मौनावुधुक, जीतपुर, पात्लेखोलालगायत स्थानमा बिस्कुट उद्योग सञ्चालनमा छन् । यी उद्योगहरुले नरिवल बिस्कुट, केक, पाउरोटीलगायत अन्य उत्पादन गरी वार्षिक रु एक करोडभन्दा बढीको बिस्कुट उत्पादन गरिरहेको अनुमान छ । करिब एक सय जनाभन्दा बढीलाई प्रत्यक्ष रूपमा रोजगारी मिलेको छ ।

धनकुटे नरिवल बिस्कुटको इतिहास

विसं २००८ मा धनकुटा–४ देब्रेवासमा मोहन श्रेष्ठका बाबु स्व विश्वेश्वरमान श्रेष्ठले चिया पसल सञ्चालन गर्थे । त्यो बेला पहाडबाट मधेस झर्ने र मधेसबाट पहाड उक्लने मान्छेहरुको मुलबाटो धनकुटा बजार थियो । ती मान्छेहरुको बास बस्ने थलोको रुपमा धनकुटा बजारको देब्रेबास नामी थियो । त्यही ठाउँमा खुलेको चियापसल पहाडी भेगको पहिलो र राम्रो मानिन्थ्यो।

चिया पिउने ग्राहकको मागअनुसार स्व श्रेष्ठले भारतबाट ल्याइएका बिस्कुट बेच्नु हुन्थ्यो रे । त्यतिबेला एकको २० वटा बिस्कुट ल्याएर एकआना गोटा बेच्दा चियाको व्यापार पनि बढ्यो रे । चिया खान आउने मान्छेले बिस्कुटका कुरा गर्थे। कतिपयले आफैँ बनाउनु पनि भन्थे रे, छोरा मोहनले बताए ।

‘चिया खान आउने मान्छेको कुरा सुनेर बुबाले पनि बिस्कुट बनाउन कोसिस गर्नुभयो । एक पावा मैदाको बिस्कुट आफ्नै पाराले दिनहुँ बनाउँदै सिक्न थाल्नुभयो । बिस्कुट बनाइसकेपछि आफैँले चिया पिउन आउने मान्छेलाई चखाउनुभयो रे । आफैँ चाख्दै र चखाउँदै गर्दा पहिले यो बिस्कुट धेरैले मन पराएनन् ।

तर, बुबाले हार नमानी हरेक दिनजसो भिन्नभिन्न तरिकाले बिस्कुट बनाउनेक्रममा एकदिन बिस्कुट बनाउँदा प्रयोग गरिने सबै वस्तु हालेर मुछेको पिठोबाट बनाएको बिस्कुट बनाउँदा फुल्यो । चिया खान आउने सबैलाई चखाउँदा मिठो मानेर तारिफ गरेपछि त्यही विधिलाई निरन्तरता दिएर बिस्कुट उत्पादन गर्न थालेको कथा बुबाले सुनाएको मोहनले बताए।

स्थानीय स्रोतसाधनलाई सदुपयोग गर्दै बिस्कुट पोल्ने भट्टी निर्माण गरी बिस्कुट उत्पादन सुरु गर्ने पहिलो व्यक्ति स्व विश्वेश्वरमान श्रेष्ठ बनेको थियो।

विसं २००८ देखि बिस्कुट उत्पादनको परीक्षण सुरु भए पनि २०३० सालमा घरेलु उद्योगका रूपमा दर्ता गरी औपचारिक रूपमा मोहन बिस्कुट उद्योग सुरु भएको हो । त्यो बेला बुबाले ३३ हजार लगानीमा थालेको उद्योगमा अहिले २० लाखभन्दा बढी लगानी रहेको मोहनले बताउनुभयो । २०११ सालमा पाँच किलो मैदाबाट सुरू भएको मोहन बिस्कुट उद्योगले अहिले अर्डरअनुसारको बिस्कुट पु¥याउन मुस्किल पर्ने गरेको छ ।

मोहन आफैँ पनि कुनै बेला राम्रो गैरसरकारी संस्थामा जागिरे थिए। तर बुबाले थालनी गरेको उद्योगको विरासत जोगाउन र स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्नका लागि बुबाकै सल्लाहमा उद्योग सम्हाल्न २०५२ सालमा धनकुटा फर्किएको बताए । उनलाई आफ्ना बुबाले मेहनत गरेर सञ्चालनमा ल्याएको व्यवसायभन्दा जागिर ठूलो लागेन । ‘एक्लै रोजगार हुनुभन्दा आफ्नो व्यवसायबाट अरुका लागि रोजगार सिर्जना गर्नु उचित ठानेर धनकुटा फर्किएँ । २०६५ सालमा बुबाको देहावसान भएपछि उद्योगको सिँगो जिम्मेवारी आफू र श्रीमती निमा श्रेष्ठले सम्हाल्दै आएका छौँ’, उनले भने ।

कसरी बन्छ नरिवल बिस्कुट ?

धनकुटे नरिवल बिस्कुट घरेलु प्रविधिबाट बनाइन्छ । काँचो इँटा, माटो र चिमबाट निर्मित भट्टीमा पोलेर बिस्कुट तयार पारिन्छ । सञ्चालक श्रेष्ठको भनाइअनुसार माटोको भट्टीभित्र दाउरा बालिन्छ । सो दाउरा जलेर बनेको कोइलामा बिस्कुट तताइन्छ र बिस्कुट पाक्छ । नरिवल बिस्कुटमा स्थानीयस्तरमै पाइने दूध, घ्यू र मैदाको प्रयोग गरिन्छ ।

घरेलु प्रविधिबाट नै बिस्कुट उत्पादन हुने भएकाले जनशक्ति धेरै नै चाहिन्छ । “बिस्कुट उत्पादनमा मेसिनको प्रयोग गरिँदैन । मैदा मुछ्नेदेखि भट्टीमा बिस्कुट पोल्ने र प्याकेजिङसम्मको सबै काम हातबाटै हुन्छ”, मोहनले बताए । यो एक किसिमको परम्परागत प्रविधि पनि हो ।

बिस्कुट बनाउने पर्याप्त जनशक्ति नहुँदा बिस्कुट उद्योगले मागअनुसार उत्पादन र बजार विस्तार गर्न नसकेको मोहनको भनाइ छ । कामको खोजीमा युवा विदेश पलायन हुन थालेपछि दक्षजनशक्तिको अभाव भएको छ ।

धनकुटा–६ पात्लेमा रहेको ओम बिस्कुट उद्योगका सञ्चालक टीकाराम कटुवालको भनाइअनुसार पनि जनशक्तिबाहेक दाउराको समस्या पनि धेरै छ । घरेलु प्रविधिबाट बिस्कुट उत्पादन हुने भएकाले अनिवार्य दाउराको आवश्यकता पर्छ । दाउरा जहीँतहीँ नपाइने र टाढाबाट ल्याउँदा लागत बढ्ने भएको बिस्कुटको मूल्य बढेको उनले बताए ।

सिद्धराज राई/नारायणकुमार राई/रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending