काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई सरकारी क्वाटर आवश्यक नपर्ने बताएका छन्। पदभार ग्रहण गरेलगत्तै उनले मन्त्रालयमै बस्ने घोषणा गर्दै खाट र किचनको व्यवस्था गर्न निर्देशन दिएका हुन्।
सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले आफूले राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा गरिसकेको जानकारी दिए। “यो पद सम्हालेपछि आविष्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेँ,” उनले भने।
पत्रकारले “सरकारी क्वाटर नपाए कहाँ बस्नुहुन्छ ?” भन्ने प्रश्न गर्दा पुनले सहज ढंगमा जवाफ दिए– “मेरो त जहाँ काम गर्यो त्यहीँ बस्ने बानी छ। मन्त्रालयमै बस्छु। एउटा कोठा बनाउनुस, एउटा खाट र कुर्सी चाहिन्छ, किचन चाहिन्छ। आफैं पकाएर खान्छु।”
सुरक्षा व्यवस्थाबारे पनि उनले स्पष्ट धारणा राखे। मन्त्रालयमा कार्यरत प्रहरी र सेनालाई औपचारिक रिपोर्ट गर्नेबाहेक आफूलाई पछिपछि नआउन आदेश दिइसकेको उनले बताए। “सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिस र एउटा आर्मीको रहेछ। मैले भाइहरुलाई भनेको छु, यहाँ भित्र हुँदा यहीँ बसौं, बाहिर निस्किँदा पछिपछि आउनु पर्दैन,” उनले भने।
मन्त्री पुनले मन्त्रालयको गाडी भने आवश्यक औपचारिक कामका लागि मात्र प्रयोग गर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १०:३१
विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...
चैत्र २१ गते, २०८२ - १०:२९
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...
चैत्र २१ गते, २०८२ - १०:२६
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...
चैत्र २१ गते, २०८२ - १०:१७
काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...
चैत्र २१ गते, २०८२ - १०:१५
काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...
चैत्र २१ गते, २०८२ - ०९:४७
पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...
चैत्र २१ गते, २०८२ - ०९:४४
काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...
चैत्र २१ गते, २०८२ - ०९:४०
काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...
चैत्र २१ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...
चैत्र २१ गते, २०८२ - ०९:३७
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...


प्रतिकृया लेख्नुहोस्: