Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

फरार कैदीका कारण सुरक्षा चुनौती, कस्तो बन्दै छ सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना ?

खबरडबली संवाददाता

काठमाडौं । हिन्दू नेपालीहरूको महान पर्व बडादसैँ घटस्थापनासँगै सुरु भएको छ। चाडपर्व नजिकिँदै गर्दा सुरक्षासम्बन्धी चुनौती थपिएको सुरक्षा निकायले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा जेन–जी आन्दोलनका क्रममा २४ भदौमा १ हजार ४५८ जना कैदीबन्दी फरार भएका थिए। प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरूमध्ये ८६१ जना फर्किसके पनि अझै ५९७ जना फरार छन्। जबरजस्ती करणी, कर्तव्य ज्यानलगायत गम्भीर मुद्दामा सजाय भोगिरहेका कैदी समेत फरार भएकाले सुरक्षा जोखिम बढेको हो।

प्रदेश प्रहरी प्रमुख डीआईजी डम्बरबहादुर विकले यसपटकको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निकायबीच समझदारी भएको बताए। उनका अनुसार आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सतर्कता अपनाइनेछ।

‘चाडपर्वमा हुनसक्ने सम्भावित घटना नियन्त्रणका लागि विगतका अनुभवलाई आधार मानेर सुरक्षा रणनीति तयार हुँदैछ,’ डीआईजी विकले भने।

प्रहरीले बसपार्क, सीमा नाका र भीड हुने स्थानमा ‘नागरिक सहायता कक्ष’ स्थापना गर्ने तयारी गरेको छ। भारतबाट फर्किने नागरिकको आवागमन सहज बनाउन र ट्राफिक व्यवस्थापन सुदृढ बनाउन पनि योजना बनाइएको छ।

प्रदेश प्रहरीका अनुसार यसपटकको सुरक्षा योजनामा चोरी, तस्करी, ठगी, लुटपाट, जुवा लगायतका आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

हारबाट विचलित नहुन आग्रह, रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनादेशलाई सम्मान गर्दै रचनात्मक प्रतिपक्...

केपी ओलीसँग शिक्षण अस्पतालमै बयान सुरु

काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बयान लिन सुरु गरिएको छ। भदौ २३ र २...

संसदको पहिलो बैठकमा आरोप–प्रत्यारोप र रोचक दृश्य

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भव...

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending