काठमाडौं । हिन्दू नेपालीहरूको महान पर्व बडादसैँ घटस्थापनासँगै सुरु भएको छ। चाडपर्व नजिकिँदै गर्दा सुरक्षासम्बन्धी चुनौती थपिएको सुरक्षा निकायले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा जेन–जी आन्दोलनका क्रममा २४ भदौमा १ हजार ४५८ जना कैदीबन्दी फरार भएका थिए। प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरूमध्ये ८६१ जना फर्किसके पनि अझै ५९७ जना फरार छन्। जबरजस्ती करणी, कर्तव्य ज्यानलगायत गम्भीर मुद्दामा सजाय भोगिरहेका कैदी समेत फरार भएकाले सुरक्षा जोखिम बढेको हो।
प्रदेश प्रहरी प्रमुख डीआईजी डम्बरबहादुर विकले यसपटकको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निकायबीच समझदारी भएको बताए। उनका अनुसार आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सतर्कता अपनाइनेछ।
‘चाडपर्वमा हुनसक्ने सम्भावित घटना नियन्त्रणका लागि विगतका अनुभवलाई आधार मानेर सुरक्षा रणनीति तयार हुँदैछ,’ डीआईजी विकले भने।
प्रहरीले बसपार्क, सीमा नाका र भीड हुने स्थानमा ‘नागरिक सहायता कक्ष’ स्थापना गर्ने तयारी गरेको छ। भारतबाट फर्किने नागरिकको आवागमन सहज बनाउन र ट्राफिक व्यवस्थापन सुदृढ बनाउन पनि योजना बनाइएको छ।
प्रदेश प्रहरीका अनुसार यसपटकको सुरक्षा योजनामा चोरी, तस्करी, ठगी, लुटपाट, जुवा लगायतका आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - २१:४१
काठमाडौं । ब्रह्मपुत्र र गंगानदीका बीच अवस्थित विशाल हिमवत्खण्ड केवल हिमालको भू–भाग मात्र होइन। यो भू–भाग हजारौं वर्ष पुरानो मानव सभ्यता, धार्मिक ज्ञा...
पौष २९ गते, २०८२ - २१:३०
बारा । नेपालका विद्यमान राजनीतिक, आर्थिक तथा संरचनागत समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्...
पौष २९ गते, २०८२ - २१:२७
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषयमा सहमति बनेको भए पनि केहि प्रमुख मुद्दा अझै विवादास्पद बनेको छ। आज भ...
पौष २९ गते, २०८२ - २१:१६
काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएको आरोपमा ३१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दाको अन्तिम फैसला ...
पौष २९ गते, २०८२ - २०:४७
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई विग्रहमा जानबाट रोक्न र एकताबद्ध भएर निर्वाचनमा सहभागी हुनका लागि निरन्तर छलफल र संवाद भइरहेको ...
पौष २९ गते, २०८२ - २०:४४
कैलाली । बहुचर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले चार वर्षपछि अन्ततः फैसला सुनाएको छ । अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर ...
पौष २९ गते, २०८२ - २०:४०
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट एकलसहित १७ वटा चुनाव चिह्नका १७५ ...
पौष २९ गते, २०८२ - २०:३६
झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर व...
पौष २९ गते, २०८२ - २०:३१
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी (माघ) को अवसरमा बुधबार पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरे...
पौष २९ गते, २०८२ - १८:१२
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...




प्रतिकृया लेख्नुहोस्: