Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

भ्रामक सूचना संम्प्रेषण गरिएकोप्रति राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षामा समेत असर पर्ने सम्भावना देखिएको छ ।  शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित १७ दिनदेखि शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसको कारण हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षामा समेत असर परिरहेको देखिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षालाई ध्यानमा राख्दै वार्तामा आउन र आन्दोलन स्थगित गर्न समेत शिक्षकहरुलाई आग्रह गरिसकेको छ । यसैबीचमा आगामी वैशाख १२ गतेका लागि तोकिएको कक्षा १२ को परीक्षा समेत रोकिएको भन्दै सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म खबरहरु बाहिरिएपछि बोर्डले सूचना नै जारी गरेर त्यसको खण्डन गरेको छ ।

‘राष्ट्रिय परीक्षा बोर्डद्वारा यही मिति २०८२ साल वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा संम्प्रेषण गरिएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्ति जारी गर्दै बोर्डले भनेको छ ।

त्यस्तै परीक्षा लगायत अन्य जानकारीका लागि बोर्डकै आधिकारिक वेबसाइडमा गइ हेर्न र अन्यबाट आएको सूचनाको भरमा नपर्न समेत बोर्डले आग्रह गरेको छ ।

साथै संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर स्क्यान गरी अनाधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर कानुनी कारबाहीमा जाने समेत बोर्डले चेतावनी दिएको छ । परीक्षाको मिति नजिकिएको सम्बन्धमा शिक्षकहरुलाई वार्तामा ल्याइ सहज वातावरणमा परीक्षा सञ्चालन गर्ने वातावरणको तयारी भइरहेको भन्दै विद्यार्थीहरुलाई आफ्नो तयारीमा लाग्न समेत बोर्डले आग्रह गरेको छ ।

(यस अघि उक्त सूचनाकाे आधारमा खबरडबली डट कमबाट पनि समाचार प्रकाशित भएकाेमा क्षमा प्रार्थी छाैं । सम्पादक)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending