Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

भ्रामक सूचना संम्प्रेषण गरिएकोप्रति राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षामा समेत असर पर्ने सम्भावना देखिएको छ ।  शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित १७ दिनदेखि शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसको कारण हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षामा समेत असर परिरहेको देखिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षालाई ध्यानमा राख्दै वार्तामा आउन र आन्दोलन स्थगित गर्न समेत शिक्षकहरुलाई आग्रह गरिसकेको छ । यसैबीचमा आगामी वैशाख १२ गतेका लागि तोकिएको कक्षा १२ को परीक्षा समेत रोकिएको भन्दै सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म खबरहरु बाहिरिएपछि बोर्डले सूचना नै जारी गरेर त्यसको खण्डन गरेको छ ।

‘राष्ट्रिय परीक्षा बोर्डद्वारा यही मिति २०८२ साल वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा संम्प्रेषण गरिएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्ति जारी गर्दै बोर्डले भनेको छ ।

त्यस्तै परीक्षा लगायत अन्य जानकारीका लागि बोर्डकै आधिकारिक वेबसाइडमा गइ हेर्न र अन्यबाट आएको सूचनाको भरमा नपर्न समेत बोर्डले आग्रह गरेको छ ।

साथै संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर स्क्यान गरी अनाधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर कानुनी कारबाहीमा जाने समेत बोर्डले चेतावनी दिएको छ । परीक्षाको मिति नजिकिएको सम्बन्धमा शिक्षकहरुलाई वार्तामा ल्याइ सहज वातावरणमा परीक्षा सञ्चालन गर्ने वातावरणको तयारी भइरहेको भन्दै विद्यार्थीहरुलाई आफ्नो तयारीमा लाग्न समेत बोर्डले आग्रह गरेको छ ।

(यस अघि उक्त सूचनाकाे आधारमा खबरडबली डट कमबाट पनि समाचार प्रकाशित भएकाेमा क्षमा प्रार्थी छाैं । सम्पादक)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending