काठमाडौं । भरतपुर महानगरपालिकामा निर्मित ६ लेन सडक उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र मेयर रेनु दाहालबीच सौहार्दता झल्किएको छ । प्रधानमन्त्रीलाई स्वागत गर्न रेनु भरतपुर विमानस्थलमै पुगेकी थिइन् ।
२०७७ सालमा यो सडकको शिलान्यास त्यसबेला पनि प्रधानमन्त्री रहेका ओलीले नै गरेका थिए । मेयर पनि रेनु दाहाल नै थिइन् । तर, शिलान्यास कार्यक्रममा रेनु उपस्थित भइनन् ।
सडकको निर्माण पूरा भएर उद्घाटनसम्म आइपुग्दा यसको जस लिन एमाले र माओवादीबीच होड चलिरहेको छ । यस्तोमा रेनु उद्घाटन कार्यक्रममा सहभागी हुन्छिन् कि हुन्नन् भन्ने जिज्ञासा थियो । तर, उनी उद्घाटनमा मात्रै होइन, प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमै पुगेर सकारात्मक सन्देश दिन सफल भइन् ।
प्रधानमन्त्री जहाजबाट उर्लिँदै गर्दा फुलगुच्छा लिएर लाइनमा खडा भएकी थिइन् रेनु । ओलीले पनि उनीप्रति सौहार्दता दर्शाए । रेनुबाट फुलगुच्छा लिँदै गर्दा ओलीले ‘छोरी सञ्चै छौं ?’ भनेर सोधेका थिए । रेनुले पनि मुस्कुराउँदै मुन्टो हल्लाइन् ।
उद्घाटन कार्यक्रममा पनि सौहार्द वातावरण देखियो । ओलीले उपप्रधानमन्त्री प्रकाशमान सिंह र मेयर दाहाललाई कार्यक्रममा महत्व दिएका थिए । उनले शिलालेखको अनावरण गर्ने क्रममा रेनु र सिंहलाई कपडाको डोरी तान्न दिएका थिए । सडक उद्घाटनका क्रममा रिवन काट्न पनि उनले रेनु र सिंहलाई नै अघि सारे । उनले दुवैजनालाई तानेरै अगाडि ल्याएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: