चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुला दलको साझेदारीमा निर्मित अहिलेको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कका साथ विकास र सुशासनका काममा केन्द्रित हुन निर्देशन दिएका छन
चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताएका हुन ।
“देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्णरुपमा लागेका छौँ । तपार्ईँहरु पनि ढुक्का साथ यस अभियानमा लाग्नुुस् । सबै मिलेर देश बनाऔँ,’’, प्रधानमन्त्री ओलीले भने, “हामीले गाउँगाउँमा सिंहदरबार बनाउने सोचका साथ संविधान निर्माणका समयमा स्थानीय सरकारको व्यवस्था गरेका हौँ । तपाईँहरुले अधिकार र कर्तव्यलाई मनन् गरी हामीले प्राप्त गरेको राजनीतिक व्यवस्थाको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुुहुनेछ भन्ने मैले विश्वास लिएको छुु ।’’
प्रधानमन्त्री ओलीले चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउने पनि बताए । प्रधानमन्त्री ओलीले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुुख दिपकप्रसाद देवकोटालगायत सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८२ - २१:०६
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी एसपी नेत्रमणि गिरीले औपचारिक रूपमा सम्भालेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रो...
बैशाख १९ गते, २०८२ - २१:०२
काठमाडौं । सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ। साना स्थानिय तहले पनि दरवारजत्रा भवन बनाउन थाले पछि सरकारले स्थानि...
बैशाख १९ गते, २०८२ - २०:४३
काठमाडौं । तीन दिने नेपाल भ्रमण पूरा गरी भाजपा विदेश विभाग प्रमुख दिल्ली फर्केका छन्। आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री, पूर्व प्रमहरु, उपप्रम, ...
बैशाख १९ गते, २०८२ - १७:३९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारको नीति तथा कार्यक्रम पूरानो ढर्राको च्यातिएको कागज जस्तो भएको टिप्पणी गरेक...
बैशाख १९ गते, २०८२ - १६:५९
काठमाडौं । के तपाईंले कहिल्यै ७ करोड रुपैयाँको कार किनेर ट्याक्सीको रूपमा प्रयोग गरेको व्यक्ति देख्नुभएको छ ? सायद छैन । तर, चीनका एक जना मानिसले त्यस...
बैशाख १९ गते, २०८२ - १६:३९
काठमाडौं । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्...
बैशाख १९ गते, २०८२ - १६:३९
काठमाडौं । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्...
बैशाख १९ गते, २०८२ - १६:३३
काठमाडौं । सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बनाउने घोषणा गरेको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरक...
बैशाख १९ गते, २०८२ - १६:३०
काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा ...
बैशाख १९ गते, २०८२ - १६:२४
काठमाडौं । संघीय निजामती सेवा विधेयक यसै अधिवेशनबाट पारित गरिने सरकारले घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठ...
प्रतिकृया लेख्नुहोस्: