काठमाडौं । पेरुकी पूर्व प्रथम महिला नादिन हेरेडिया ब्राजिलमा भागेकी छन् । पेरूको अदालतले उनी र उनका श्रीमान् पूर्व राष्ट्रपति ओलान्ता हुमालालाई मनी लान्ड्रिङको आरोपमा १५ वर्षको जेल सजाय सुनाएपछि उनी देश छाडेर भागेकी हुन् ।
ब्राजिलले उनलाई कूटनीतिक शरण दिएको छ। ‘उहाँ बुधवार आफ्नो छोरासँग राजधानी ब्रासिलिया पुग्नु भएको छ,’ उनका वकिल जुलियो एस्पिनोजाले सीएनएनलाई बताए। पेरुको विदेश मन्त्रालयका अनुसार उनले मंगलबार बिहान लिमास्थित ब्राजिलियन दूतावासमा शरणको लागि अनुरोध गरेकी थिइन् । जवाफमा ब्राजिलले पनि उनलाई र उनको छोरालाई शरण दिएको हो । र, पेरुभियन सरकारले उनीहरूको सुरक्षित यात्राको ग्यारेन्टी प्रदान गरेको थियो ।
हेरेडियाका वकिलले भने कि उनले एक अनिर्दिष्ट पारिवारिक कारणले शरणको लागि आवेदन दिएकी थिइन्। ‘फैमिली र व्यक्तिगत निर्णय सजाय सुनाउनु भन्दा करिब दुई देखि तीन घण्टा अघि यो सबै भयो,’ उनले भने । तर, उनले उनको शरणका लागि अनुरोध गरेको बारेमा मिडिया मार्फत मात्र थाहा पाएको बताए ।
सन् २००६ र २०११ मा हुमालाको चुनावी अभियानमा गैरकानुनी योगदान गरेको अभियोगमा उनी र उनको श्रीमान्लाई सजाय सुनाइएको एक दिनपछि उनको ब्राजिल भागेकी हुन् ।
अभियोजकहरूले हुमालाको राष्ट्रवादी पार्टीले भेनेजुएला सरकार र ब्राजिलको निर्माण कम्पनी ओडेब्रेचबाट उनको अभियानमा आर्थिक सहयोग मागेको आरोप लगाएका थिए। तर, हुमाला र उनकी श्रीमतीले कुनै पनि गल्ती अस्वीकार गर्दै आएका छन् ।
मुद्दाको सुनुवाइ सुरु भएको तीन वर्षपछि भने मंगलबार न्यायाधीशले फैसला पढ्दा हुमाला उपस्थित थिए, हेरेडिया भने उपस्थित भइनन्। फैसला सुनाए लगत्तै न्यायपालिकाले हुमालालाई तुरुन्तै सजाय सुनाउन र जेल पठाउन आदेश दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: