Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

राैतहटमा युवतीकाे शंकास्पद मृत्यु, माइती पक्षले दिएकाे उजुरी प्रहरीले मानेन लिन

खबरडबली संवाददाता

रौतहट  । एक बिवाहित युवतीको शंकास्पद मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले किटानी जाहेरी लिन आनाकानी गरेको पीडित पक्षले बताएको छ । 

बिहे गरेर दिए कि आफ्नी छोरीको शंकास्पद मृत्यु भएको भन्दै पीडितका बाबुले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिन जाँदा प्रहरीले लिन नमानेको बताएका छन् । 

पिडित परिवारले शुक्रबार जिल्लाको गरुडामा पत्रकार सम्मेलन गरेर आफ्नी छोरी अल्का ठाकुरको शंकास्पद मृत्यु भएको र प्रहरीले जाहेरी समेत लिन नमानेको बताएका छन् ।  मृतक अल्का ठाकुरका बाबु रौतहटको गढीमाइ नगरपालिका ४ का रामकिशोर ठाकुरले आफ्नी छोरीको मृत्यु नै शंकास्पद भएको र प्रहरीले जाहेरी लिन नमानेर पिडिकसँग मिलेको आरोप लगाएका छन् । 

गढीमाई नगरपालिका ४ संग्रामपुर पर्साका रामकिशोर ठाकुरलाई फोन आयो – छोरी मर्न सक्छ, कस्तो कस्तो गरीरहेकी छ ? 

ठाकुरले २०७६ जेठ ५ मा छोरी अलका ठाकुरको बिहे दुर्गा भगवती गाउँपालिका ३ मत्सरीका प्रेमनारायण झाको छारा संजीव झासित गरेका थिए । हुन त जेठो छोरासित बिहेको कुरो छिनिएको थियो तर बिहेको कुरो छिनिएको भोलिपल्ट नै जेठो छोराको स्थानीय एक युवतीसित प्रेम बसेको तीनै प्रेमीसंग भागेपछि झाका कान्छा छोरासँग अल्तकाको बिवाह भएको थियो । केही दिनमै सबै ठिकठाक पारी बिहे भयो । कुनै तिलक र दहेज नलिने कुरो भए पनि बिहेमा साढे २२ लाख रुपैया खर्च भएको ठाकुरको दाबी छ । केटो जापानमा इन्जिनियर रहेको बुझिएकोले दिल खोलेर खर्च गर्न कुनै दुविधा भएन । केही महिनापछि ज्वाईँले गाडी किन्छु भनेपछि साढे तिन लाख रुपैया पनि कोजाग्रत पूर्णिमाको दिन ज्वाईँको हातमा थमाएको ठाकुरको भनाइ छ । 

बिहे भएको करिब ६ वर्षमा विवाह दर्ता समेत नगराएको र ज्वाईँ जापानमा बस्दा खासै राम्रो सम्बन्ध नहुँदा छोरीले एउटा इन्स्योरेन्स कम्पनीमा काम गरेर आजीविका चलाउन थालेकी थिइन् । घरबाट अपहेलित भए पनि घरपरिवारमा मिलेर बस्ने र सबैलाई सहयोग गर्ने छोरी अलका ठाकुरको बानी भएको कारण गत वर्षमात्र छोरीले ज्वाईँलाई ७ लाख रुपैया दिएकी थिइन् । तर सबैतिर अपहेलनाको शिकार हुँदै जाँदा छोरी अलका ठाकुर डिप्रेसनको शिकार पनि बन्न पुगिन् । 

अलकाका भाइ मनमोहन ठाकुरले पत्रकार सम्मेलनमा भने, 'डिप्रेसन पनि पूर्णतया ठीक भइसकेको चिकित्सsको सम्पूर्ण रिपोर्टले बताउँछ । दिदीले औषधिसेवन पनि छोडिसक्नु भएको थियो ।' 

गत बैसाख १ गते घरमा सबैले पूजापाठ गर्दै खुसियाली मनाइरहेको बेला ज्वाईँले गरेको फोनबाट झस्केका ठाकुरले गौर नगरपालिकाको सिसवा गाउँमा रहेको आफन्तलाई तुरुन्त फोन गरेर घटनाबारे बुझ्न पठाउँदा छोरी अलका ठाकुर घरको पंखामा झुन्डिएर मरेको अवस्थामा रहेको र प्रहरी तथा आफन्तले सबैतिरबाट घेरेको देख्दा उनी बेहोस् भएका थिए । 

प्रहरीले घटनास्थल मुचुल्का उठाई पोस्टमार्टमको लागि अस्पताल पठाउन लाग्दा ठाकुर परिवारले गौरमा पोस्टमार्टम नगरी काठमाडौँमा नै गर्ने अडान लिएपछि बाध्य भएर प्रहरीले मृतक अलका ठाकुरको भाइ मनमोहन ठाकुरकाको साथमा शव काठमाडौँ पठाएको थियो । 

काठमाडौँमा मृतकको शव बुझ्ने पनि भाइ मनमोहन नै हुन् । मृतकको शव रौतहट ल्याएपछि तिन ट्रक प्रहरीले घेरा हाली बलजफ्ती मत्सरीका आफन्तलाई बुझाएको आरोप ठाकुरको छ । रौतहटको गरुडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै मृतक ठाकुरका पिता रामकिशोर ठाकुर र आमा अनिताकुमारी ठाकुरले भक्कानिदै भने, 'अस्पतालमा लास बुझ्ने मेरो छोरोलाई सद्गति गर्न नदिई प्रहरीले शव खोसेर मत्सरीका मानिसलाई बुझाए ।'  शव माइती पक्षले लान्छु भन्दा उल्टै लाठी चार्ज गको गुनासो गरे । 

झा परिवारले बिहे भएको ६ वर्षसम्म छोरीको विवाह दर्ता गराएको थिएन, सोही परिवारसित मिलेर प्रहरीले हामीमाथि अत्याचार ग¥यो पिडितका बाबु ठाकुरले सुनाए । छोरीको मृत्यु भएको अवस्थाको फोटोसमेत खिच्न नदिएको आरोप ठाकुरको छ ।  झा परिवारले मिलेर हत्या गरी झुन्ड्याएको ठाकुरको परिवारको गुनासो छ ।

“अहिलेसम्म प्रहरीले हाम्रो निवेदन पनि लिन मानेको छैन । पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी नलिने प्रहरीको भनाइ रहेको छ” ।  जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले पोस्टमार्टमको रिपोर्ट आएपछि दर्ता हुने बताउँदै घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताएका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending