Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८२ शुक्रबार | 2nd May, 2025 Fri
Investment bank

शिक्षकहरुले छोराछोरी सरकारीमा पढाउनुपर्छः अखिल(क्रान्तिकारी)

खबरडबली संवाददाता

काठमाडौं । नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी)ले निःशुल्क र समान शिक्षा कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी गराउन दवाबस्वरुप पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षकहरुको आन्दोलनमासमेत ऐक्यबद्धता रहेको जानकारी दिएको छ ।

सो संगठनका अध्यक्ष विरेन्द्र शाहले गत चैत २६ गते शिक्षा मन्त्रालयमा ३९ बुँदे माग पत्र बुझाएको र सरकारले सो विषयमा कुनै सुनुवाई नगरेकोले आफूहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेको बताए । शाहले गणतन्त्र आइसकेको लामो समयमसम्म पनि नेपालमा पञ्चायतकालिन् शिक्षा ऐन हुँनु दुर्भाग्य भएको बताउँदै भने“डेट एक्स्पायर भइसकेको शिक्षा ऐन मार्फत दिन दुई गुणा र  रात चौगुणाका दरले युवा विद्यार्थी बेच्ने दलाल सरकारलाई देशप्रति कुनै चिन्ता छैन ।”

पछिल्लो समय शिक्षकहरुले शिक्षा ऐन जारी गर्न तथा उनीहरुको माग पुरा गर्न आनाकानी गरिरहनुमा पनि राज्यमा बसेका जिम्मेवार व्यक्तिहरुको स्वार्थले अड्काईरहेको शाहले आरोप लगाए । शिक्षक, विद्यार्थी र सरोकारवाला पक्षहरुले शिक्षा सुधारका लागि दवाब दिँदा पनि नसुन्नुको पछाडी ठूलो स्वार्थ रहेको बताउँदै भने,“मन्त्री, कर्मचारीदेखि ठूला अहोदाका मान्छेले सरकारी शिक्षालाई गुणस्तर बनाए उनीहरुका आफ्नै निजी बोर्डिङको ब्यापार सुकिहाल्छ नि ।”

संगठनकी उपाध्यक्ष रुपा बुढामगरले तत्काल सरकारले निःशुल्क र समान शिक्षासहितको शिक्षा ऐन जारी गर्न माग गर्दै अन्यथा संगठनले आन्दोलन चर्काउने चेतावनी दिइन् ।
संगठनका महासचिव उषाकिरण आजादले शिक्षकहरुको आन्दोलनलाई आफ्नो संगठनले साथ र समर्थन रहेको बताउँदै भने,“शिक्षकहरुका जायज मागहरुलाई हाम्रो समर्थन छ तर शिक्षकहरुले आफ्ना सन्तानहरुलाई बोर्डिङमा नपढाएर सरकारी विद्यालयमा पढाउनु पर्छ ।”
सको पत्रकार सम्मेलनमा संगठनका सचिवहरु गोविन्द विष्ट, डिबी शाही, हरि विष्ट, कोषाध्यक्ष कमला परियारलगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी एसपी नेत्रमणि गिरीले औपचारिक रूपमा सम्भालेका छन्।  नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रो...

स्थानिय तहको भवन जथाभावी बनाउन नपाइने, अब मापदण्ड लागु हुने

काठमाडौं । सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ। साना स्थानिय तहले पनि दरवारजत्रा भवन बनाउन थाले पछि सरकारले स्थानि...

३ दिने भ्रमण सकेर फर्के चौथाईवाले

काठमाडौं  । तीन दिने नेपाल भ्रमण पूरा गरी भाजपा विदेश विभाग प्रमुख दिल्ली फर्केका छन्।  आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री, पूर्व प्रमहरु, उपप्रम, ...

नीति तथा कार्यक्रम पूरानो ढर्राको च्यातिएको कागज जस्तोः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारको नीति तथा कार्यक्रम पूरानो ढर्राको च्यातिएको कागज जस्तो भएको टिप्पणी गरेक...

७ करोडको कारलाई ट्याक्सी बनाएपछि‘

काठमाडौं । के तपाईंले कहिल्यै ७ करोड रुपैयाँको कार किनेर ट्याक्सीको रूपमा प्रयोग गरेको व्यक्ति देख्नुभएको छ ? सायद छैन । तर, चीनका एक जना मानिसले त्यस...

अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र परिवारलाई सरकारी छात्राबृति

काठमाडौं  । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्...

अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र परिवारलाई सरकारी छात्राबृति

काठमाडौं  । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्...

श्रम गर्ने संस्कृतिको विकास गर्दे आगामी दशकलाई आन्तरिक रोजगारी दशक बनाउने

काठमाडौं । सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बनाउने घोषणा गरेको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरक...

सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा ...

संघीय निजामती विधेयक यसै अधिवेशनबाट पारित गर्ने

काठमाडौं । संघीय निजामती सेवा विधेयक यसै अधिवेशनबाट पारित गरिने सरकारले घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending