Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८२ शुक्रबार | 2nd May, 2025 Fri
Investment bank

विश्वभरका नेपाली सेफ काठमाडौँमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल हुदैँ

खबरडबली संवाददाता

काठमाडौं  ।  विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौँ आएका हुन् । 

नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै सोसाइटीले वैशाख ६ गते भृकुटीमण्डपमा फुट फेस्टिभल गर्न लागिरहेको छ । 

त्यसका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको सोसाइटीका संयोजक अरुण अधिकारीले जानकारी दिए । उनले कार्यक्रमलाई सेफहरूको कुम्भमेलाको रूपमा चित्रित गर्दै सोहीअनुसार विश्वभरबाट करिब ५०० हाराहारीका सेफहरू नेपाल आउने अपेक्षा गरिएको दाबी गरेका छन् ।

विश्वका विभिन्न विश्व चर्चितसहितका होटलहरुमा नेपाली सेफहरू कार्यरत रहेका छन् । आफ्नो पाककलाबाट आफूलाई अब्बल साबित भइसकेका उनीहरू यहाँ भेला भएर नेपालमा पाककलाको प्रवद्र्धनमा भूमिका खेल्ने बताइएको छ । फेस्टिभल अघि बिहीबार अन्तर कलेज कुकिङ कम्पिटिसन समेत गरिएको थियो भने बैशाख ६ गतेको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुतिका साथै कुकहरूले आफ्नो कला कौशल प्रदान गर्नुका साथै विश्वभरका उत्कृष्ट नेपाली सेफहरूलाई अवार्ड समेत प्रदान गरिदैँछ ।

अधिकारीका अनुसार कार्यक्रमको उद्घाटन पर्यटन मन्त्री बद्री पाण्डेले गर्ने तय भएको छ । अहिले सेफ सोसाइटी कार्यक्रमलाई सभ्य र भव्य बनाउन लागिपरेको भन्दै उनले त्यहाँ रहने विभिन्न परिकारका स्टलहरू अवलोकन गर्न सबैसँग अनुरोध गरेका छन् ।

अधिकारीका अनुसार सोसाइटीको ३८ देशमा शाखा रहेको छ भने जसमध्ये १६ वटा देशहरूमा कमिटी बनिसकेको र बाँकी देशहरूमा टिम विस्तारको काम भइरहेको छ ।  उनका अनुसार २०१८ मा सेफ सोसाइटी युएईबाट सुरु भएको थियो । नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशलका अनुसार नेपालको कानुनअनुसार समेत सोसाइटी दर्तामा छ । 

अन्तर्राष्ट्रिय नाम राख्न नेपाली कानुनले नदिएकाले अहिले नेपाली सेफ सोसाइटीको नाममा संस्था दर्ता भएको बताए । अन्तर्राष्ट्रिय सेफ सोसाइटी या नेपाली सेफ सोसाइटी सबै एउटै अंग भएको उनले बताए । 

सोसाइटी पाककला क्षेत्रको विश्वव्यापी बजारीकरण गर्ने उद्देश्यले स्थापना गरिएका संस्था हो । हाल सम्म यसमा ३५ हजार भन्दा बढी नेपाली सेफहरू स्वदेश तथा विदेशमा कार्यरत रहेको दाबी गरिएको छ । यस्तै संस्थामा ५ हजार भन्दा बढी सेफहरू संस्थागत सदस्य रहेका छन् ।

 नेपालको पर्यटन प्रवर्द्धनका लागि आयोजित फुड फेस्टिभलबाट नेपाली सिस्नो र ढिँडोका साथै सबै नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । 

यस्तै, नेपाली पर्यटन समेतको प्रवर्द्धन, नेपाली सेफहरूको सीप र क्षमताको प्रदर्शन, नेपाली कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। फेस्टिभलमा ५० वटा स्टल, ४० वटा खानाका ५ वटा रैथाने बालीनालीको प्रदर्शन, ५ वटा पर्यटन जानकारी रहनेछन् । 

खानाका स्टलमा विभिन्न जात जाति, जस्तो कि नेवारी, थारु, राई लिम्बु, थकाली, आदिको रहनेछ ।

यस्तै मोमो, चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्रोको सुप, दाल, तरकारी, अचार, ढिंडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी, फलफूल, आदिको स्टल पनि रहनेछन् ।
 
उसो त सेफ पेसालाई सम्मानित र मर्यादित बनाउन तथा यसको वृहद प्रचारप्रसार गर्ने समेत आफूहरूको उद्देश्य रहेको भन्दै उनले पहिलो पटक हुन लागेको यो वृहद कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग रहनेमा आफू विश्वस्त रहेको बताए । 

सोही कार्यक्रमबाट अन्तर्राष्ट्रिय सेफ सोसाइटीको नयाँ कार्यसमिति समेत चयन गरिने बताइएको छ । हाल अधिकारी संयोजक रहेकामा पहिलो महाधिवेशनबाट नेतृत्वसहितको कार्यसमिति घोषणा गरिने बताइएको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

७ करोडको कारलाई ट्याक्सी बनाएपछि‘

काठमाडौं । के तपाईंले कहिल्यै ७ करोड रुपैयाँको कार किनेर ट्याक्सीको रूपमा प्रयोग गरेको व्यक्ति देख्नुभएको छ ? सायद छैन । तर, चीनका एक जना मानिसले त्यस...

अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र परिवारलाई सरकारी छात्राबृति

काठमाडौं  । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्...

अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र परिवारलाई सरकारी छात्राबृति

काठमाडौं  । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्...

श्रम गर्ने संस्कृतिको विकास गर्दे आगामी दशकलाई आन्तरिक रोजगारी दशक बनाउने

काठमाडौं । सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बनाउने घोषणा गरेको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरक...

सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा ...

संघीय निजामती विधेयक यसै अधिवेशनबाट पारित गर्ने

काठमाडौं । संघीय निजामती सेवा विधेयक यसै अधिवेशनबाट पारित गरिने सरकारले घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठ...

हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

काठमाडौं । अब प्रत्येक बर्ष फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ । १४ बर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएक...

संविधान संशोधनको प्रक्रिया अघि बढाउने

काठमाडौं । सरकारले प्रतिगामी अराजग गतिविधिको प्रतिवादन गर्ने नीति तथा कार्यक्रम अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको स...

विद्युत् प्राधिकरणको सम्पत्ति ६ खर्ब ४४ अर्ब, १० अर्ब ऋण लिने प्रक्रियामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको छ । आज (शुक्रबार) प्राधिकरणको श्वेतपत्र प्रस्तुत गर्दै कार्यकारी ...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (प्रत्यक्ष प्रसारण)

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्न बोलाइएको संघीय संसदको संयुक्त सदनको बैठक सुरू भएको छ । सरकारले प्रस्ताव गरेको नीति तथा क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending