रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमतीका स्थानीय बासिन्दाले ढल्केबर हेटौडा विद्युत प्रसारण लाइनले पोल र तार जडान गर्नु अगाडि नै स्थानीय बासिन्दालाई मुआब्जा दिनुपर्ने नत्र अन्यत्र पोल सार्नुपर्ने माग राखेका छन् ।
प्रसारण लाइनको पोल र तारका कारण स्थानीय बासिन्दालाई ठूलो समस्या उत्पन्न भएको भन्दै उनीहरुले संघर्ष समिति समेत बनाएका छन् । पोल टाँगिएको स्थान र त्यसको वरपरको जमिनपछि बैंकमा राखेर ऋण लिन समेत नपाउने, तारका कारण मानिसहरू सुस्त हुने, त्यसबाट सुत्केरी महिलाहरू प्रभावित हुने लगायतका समस्याहरू रहेको भन्दै स्थानीय बासिन्दाले सरकार समक्ष दुई बुँदे माग राखेर सङ्घर्ष समिति गठन गरेका छन् ।
स्थानीय बासिन्दाले कि त आफूहरूलाई मुआब्जा दिनुपर्ने कि त तार र पोल अन्यत्र सार्नुपर्ने माग राखेका छन् । नेपाल विद्युत प्राधिकरणको ढल्केबर हेटौडा प्रसारण लाइनको तार र पोलका कारण आफूहरू पछि गएर समस्यामा पर्ने भन्दै उनीहरुले दुई सुत्रिय माग राखेर संघर्ष समिति गठन गरेका हुन् ।
सो विषयमा उनीहरूले ढल्केबर हेटौंडा प्रसारण लाइनका कर्मचारीसँग शनिबार कुरा गरेको भएपनि त्यो प्रभावकारी हुन नसकेका कारण काम रोकिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमतीका स्थानीय बासिन्दाले तार टाँग्ने काम रोकेको संघर्ष समितिका सदस्य समिर बाबु कार्कीले जानकारी दिएका छन् ।
समितिको अध्यक्षमा दयाराम दाहाल ,सचिवमा सञ्जीवकुमार श्रेष्ठ ,सदस्यमा समिर बाबु कार्की ,सुरज दाहाल ,देवबहादुर सुवेदी ,कृष्ण हरि श्रेष्ठ टेकुमाया यसमाइली ,सन्तोष इस्माइली लगायतका रहेका छन् । उनीहरूले पोल र तार टाँगिएको आफ्नो जमिनको कुनै मूल्य नै नरहने र त्यसबाट विभिन्न शारीरिक समस्या समेत उत्पन्न हुने हुँदा त्यसको निराकरणका लागि सम्बन्धित निकायले तत्काल आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।
नेपाल विद्युत प्राधिकरणको ढल्केबर हेटौडा १ ३३ केभीको काम अहिले तीव्र गतिमा भइरहेको अवस्थामा स्थानीय बासिन्दाले दुई सुत्रिय माग राखेर काम रोकेका छन् । स्थानीय बासिन्दाले आफूहरूको माग राज्यपक्षले सम्बोधन नगरेको खण्डमा आफूहरू चरणबद्ध आन्दोलनमा उत्रने संघर्ष समितिका अध्यक्ष दयाराम दाहालले जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: