रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुर तथा मातहतका युनिटहरुले मात्र ९ महिनाको अवधिमा नियम बिपरित चलेका सवारी साधन लाई गरेको कारवाहीबाट १ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ।
गत साउन महिना देखी चैत मसान्तसम्म रौतहट जिल्लामा नियम बिपरित चल्ने ११ हजार ४८९ सवारी साधन लाई गरिएको कारवाहीबाट कुल १ करोड ७ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले न्युज कारखाना लाई बताएका छन्।
९ महिनाको अवधिमा जिल्ला भरीमा भएको ५४९ सवारी दुर्घटनामा ३८ जना मानिसको मृत्यु भएको इन्स्पेक्टर अधिकारीले जानकारी दिएका छन्।
उक्त दुर्घटनामा परी ६६ जना मानिस गम्भीर तथा ८३६ जना सामान्य घाईते भएको ट्राफिक प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
ट्राफिक प्रहरीले सोही अवधिमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न बिद्यालय, बाटो, सार्वजनिक स्थलमा गरी दुई हजार ३९९ सचेतना मुलक कार्यक्रम आयोजना गरेको जसमा ५३ हजार ९३६ जना मानिस सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
कम जनशक्तिको बावजूद जिल्लाको मुख्य पूर्व पश्चिम राजमार्गको बागमती, जुडिबेला, चन्द्रनिगाहपुर, गौर–चन्द्रपुर सडकखण्ड अन्तर्गत डुमरिया, गरुडा, शिवनगर, सुकदेव चौक, बम नहर, गौर र ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको जनाईएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: