Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

टुँडिखेलको स्वागत कार्यक्रममा गएनन् भट्टराई, नारायणकाजी गए तर मन्चमा गएनन्

\"baburam3\"काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराई सरकारले सोमबार आयोजना गरेको नयाँ संविधानको स्वागत कार्यक्रममा अनुपस्थित भएर आफ्नो असन्तुष्टी प्रकट गरेका छन् ।

मधेशी लगायतका मुद्धाहरुलाई नसमेटि संविधान जारी गर्न नहुने अडानमा रहेका भट्टराई संविधान निर्माण प्रक्रियामा हतारो गरिएको भन्दै असन्तुष्ट थिए ।

एमाओवादी अध्यक्ष प्रचण्डले संविधान जसरी पनि जारी गर्ने अडान लिएर संविधान घोषणाको उपलक्ष्यमा दिपावली गर्न पार्टीपक्तिलाई आग्रह गरेपनि भट्टराईले भने आधा खुशि आधा दुखी भएको अभिव्याक्ति दिएका थिए । दिपावली कार्यक्रम गर्न नहुने पक्षमा रहेका भट्टराईको मतसँग अर्का नेता नारायणकाजी श्रेष्ठसमेत सहमत भएको बताइन्छ ।

श्रेष्ठ पनि स्वागत समारोहको मन्चमा नबसि दर्शक दिर्घामा गएर बसेको कुरा उनैले आज एक सामाजिक संजालमार्फत बताएका छन् । किन जानुभएन ? भन्ने खबरडबलीको प्रश्नमा उनले आफु गएको बताए । श्रेष्ठ पनि मधेशका माग सम्बोधन हुनुपर्ने अडानमा छन् ।

पछिल्लोपटक मधेश तथा थारु लगायतका मागहरुका बारेमा एमाओवादीमा तिव्र मत विभाजन भइरहेको छ । एमाओवादी अध्यक्ष प्रचण्ड संविधान निर्माण गर्न नदिने तत्वले जनता देखाउँदै संविधान निर्माण गर्न नदिने खेल खेलिरहेकोले प्राप्त भएका उपलब्धीलाई संविधान निर्माणमार्फत संस्थागत गरेर मधेसी र थारु लगायतका जनताका मागलाई पुन: संघर्षमार्फत हासिल गर्नुपर्ने पक्षमा थिए भने भट्टराई र श्रेष्ठ संविधान निर्माण प्रक्रिया केही समय रोकेर आन्दोलनरत पक्षलाई समेट्नुपर्ने अडानमा थिए ।

तर भट्टराईको सचिवालयले भने विरामी परेको कारण कार्यक्रममा उपस्थित हुन नसकेको बताएको छ । तर अर्को खबर अनुसार सोमबार दिनभर भट्टराईले पार्टीभित्रका आफ्नो विचार समुहका नेताहरुसँग छलफल गरेका थिए ।

असन्तुष्ट भट्टराईले आइतबार एक अनलाइनमा आफ्ना बिचार प्रस्तुत गर्दै उनले उठाउँदै आएको नयाँशक्ति निर्माणमा लाग्ने बताएपछि एमाओवादी पुन: फुट्ने दिशामा गएको आँकलन काट्न थालिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending