Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

तराईमा दिनभर तनाव : मोरङ, सिराहा र रौतहटमा गोली चल्यो

काठमाडौं । संविधान जारी भएको भोलिपल्टै तराई मधेसका जिल्ला थप अशान्त बनेका छन् । मोरङको विराटनगर, सिराहाको लहान, बाराको कलैयामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा दिनभर तनावग्रस्त भए ।

नयाँ संविधानले आफूहरुका माग सम्वोधन नगरेको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरुले विराटनगरको हनुमाननगरमा गरेको प्रदर्शनमा प्रहरीले हवाइ फायर गर्दा घरको छतमा बसीरहेका एकैघरका दाजु–बहिनीसहित तीनजना गोली लागेर घाइते भएका छन् ।

गोली लागेर स्थानीय २२ वर्षीया रिंकी केशरी, उनका दाजु २४ वर्षीय विशाल केशरी, १४ वर्षीय अजय सहनी घाइते भएका छन् । उनीहरुको गोल्डेन अस्पतालमा उपचार भैरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले हवाइ फायर गर्दा छतमा बसीरहेकालाई गोली लागेको स्वीकार गरे ।

रौतहटमा गोली लागेर ६ घाइते

\"gaur-ma-tanab\"

रौतहटको गरुडा बजारमा संविधान जलाउन खोज्ने प्रदर्शनकारी माथि प्रहरीले चलाएको रबरको गोली लागेर ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा गरुडा–४ का अरविन्द राय यादव, सिकित राय, अशोक साह, इन्द्रदेव पण्डित लगायत छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । उनीहरुका मुख, खुट्टा र शरीरका विभिन्न भागमा गोली लागेको छ ।

स्थानीय प्रशासनले घोषणा गरेको दंगाग्रस्त क्षेत्रमा संविधान जलाउँदै जलुस प्रदर्शन गरेको र प्रहरीमाथि ढुंगामुढा गरेकाले बल प्रयोग गर्नुपरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन र आत्मरक्षाका लागि प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । उनका अनुसार झडपमा तीन प्रहरी घाइते भएका छन् ।

गरुडामा अनिश्चितकालीन कर्फ्यू

गरुडामा तनाव कम नभएपछि गरुडा क्षेत्रमा कर्फ्यू समेत लगाइएको छ । गरुडा चोकदेखि पूर्वमा पाँच सय मिटरसम्म, पश्चिममा झाँझ खोला, उत्तरमा प्रहरी स्कुल र दक्षिणमा झाँझपुलसम्म साँझ पाँच बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

मलंगवा पनि अशान्त, गोली लागेर एक गम्भीर

एक महिनादेखि जारी मधेस आन्दोलनमा शान्त रहेको सर्लाहीको मलंगवा सोमबार एकाएक अशान्त बन्यो । संविधान जलाउन भेला भएका प्रदर्शनकारीले मलंगवा १० जिविस चोकस्थित एमाले सांसद कमलादेवी महतोको घर आगजनी गरेका थिए । सशस्त्र प्रहरीले आगो निभाउन दमकल ल्याउन खोज्दा प्रदर्शनकारीले रोकेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो ।

गोली लागेर फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर रायका छोरा विक्रम राय घाइते भएका छन् । घाँटीमा गोली लागेका उनलाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । रायसँगै झडपमा घाइते भएका रुपेश पासवानलाई समेत उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए ।

बारामा सांसदका घर र सरकारी कार्यालय आगजनी

बाराको कलैयामा मोर्चाका कार्यकर्ताहरुले कांग्रेसका सांसद्वय राधेचन्द्र यादव र लालबाबु सिंहको घरमा तोडफोड गर्दै आगजनी गरेका छन् । कलैयामै कांग्रेस सभासद फरमुल्लाह मन्सुरको घरमा समेत तोडफोडको प्रयास भएको थियो ।

कलैयामा रहेका मालपोत, नापी, भूमिसुधार सहितका बिभिन्न सरकारी कार्यालयमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् । उनीहरुले कलैया–५ पन्नाबागस्थित नेकपा एमालेको जिल्ला कार्यालय र कलैया–६ मोतिबाग पानीटंकीमा रहेको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय जलाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो ।

कलैयाको भरत चोक, पन्नावाग, मोतिवाग, मछरहटा चोक लगायतका ठाउँमा प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप भएपछि दिनभर स्थिति तनावग्रस्त बन्यो । झडपमा दर्जनौं घाइते भएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा तराई मधेसमा ३७ दिनदेखि बन्द जारी रहँदा जनजीबन कष्टकर बनेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy