Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

एमाले अखिलबाट अस्कल क्याम्पसमा स्ववियु सचिव बनेका शाहीको आपराधिक कुण्डली

खबरडबली संवाददाता

काठमाडौं । लोकसेवा आयोगले लिने प्रहरी जवानको लिखित परीक्षाको एउटा सेन्टर मध्यबानेश्वरस्थित रत्नराज्य माविमा परेको थियो । रत्नराज्य मावि प्रहरी वृत्त नयाँ बानेश्वर एरियामा पर्ने भएकाले वृत्त नयाँ बानेश्वरको टोली पनि आइतबार सुरक्षार्थ खटिएको थियो ।

यसअघिका प्रहरी जवानका परीक्षामा समेत केही नक्कली परीक्षार्थी सहभागी भएको पाएपछि प्रहरीले पक्राउ गर्दै कानुनी प्रक्रिया अघि बढाएको थियो । आइतबारको परीक्षामा पनि यस्तै प्रकृतिका परीक्षार्थी सहभागी हुनसक्ने आशंकासहित जाँच गरिएको थियो । नभन्दै रत्नराज्यमा सहभागी परीक्षार्थीमध्ये ६ जनाको प्रवेशपत्र नै शंकास्पद देखियो ।

थप जाँच गर्दै रेकर्डमा रहेको प्रवेशपत्र फारमको फोटोसँग जाँच गर्दा मेल खाएन । ‘प्रवेशपत्र फारममा एउटा र परीक्षा दिइरहेका बेला बोकिएको प्रवेशपत्रमा अर्को तस्वीर भेटिएपछि बिहान ९ः५० बजे ६ जनालाई नियन्त्रणमा लियौं,’ वृत्त नयाँबानेश्वरका एक अधिकृत भन्छन्, ‘एउटा तस्वीर उप्काएर अर्को टाँस गरी नक्कली परीक्षार्थीबाट परीक्षा दिएको पाइयो ।’

यसरी अर्कैको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका ६ जनामध्ये एक जना हुन्, कालिकोट शुभकालिका गाउँपालिका–७ घर भई काठमाडौं लैनचौर बस्दै आएका २४ वर्षीय गोपालबहादुर शाही । उनले कोही आफन्तको परीक्षा दिएका थिए वा कसैबाट रकम लिएर परीक्षा दिएका थिए भन्नेबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहरा बताउँछन् ।

शिक्षा ऐन २०२८ को दफा १७ अन्तर्गतको कसुरमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । दफा १७ को १ (क) अनुसार अरुको परीक्षा दिनेलाई कसुरको मात्रा हेरि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

अहिले प्रहरी हिरासतमा रहेका शाही तिनै व्यक्ति हुन्, जो साढे दुई महिना २४ माघ राति ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटेपछि पक्राउ परेका थिए । शाहीसमेत पाँचजनाले प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटेका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी)को टोलीमाथि शाहीसहितको समूहले आक्रमण गरेको थियो ।

मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुईजना प्रहरीको मोटरसाइकल लडाउँदै लौरोसमेत फालिदिएका थिए । आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेलमेटसमेत फुकालेर प्रहरीलाई उनीहरूले हिर्काएका थिए । प्रहरी कुटेपछि फरार भएका शाहीले ४ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर केसीको इजलासले १२ फागुनमा १० हजार धरौटीमा छाड्न आदेश दिएपछि उनी छुटेका थिए । फौजदारी अभियोगमा पक्राउ परेर धरौटीमा छुटेका उनै शाही एक महिना नपुग्दै १० चैतमा स्ववियुको सचिवमा निर्वाचित भए । अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियु सचिवमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट उम्मेदवारी दिएका उनी निर्वाचित भएका थिए ।

अहिले प्रहरी हिरासतमा रहेका शाही तिनै व्यक्ति हुन्, जो साढे दुई महिना २४ माघ राति ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटेपछि पक्राउ परेका थिए । स्ववियुमा चुनिएपछि विद्यार्थीकै हकहित र उनकै मुद्दा बोकेर हिँड्नुपर्ने शाही निर्वाचित भएको एक महिनापछि नै पुनः अपराधमा मुछिएका छन् । शैक्षिक गुणस्तर विकास गर्न पहलकदमी भूमिका खेल्नुपर्ने जिम्मेवारीमा पुगेका शाही भने आफैं नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको परीक्षामा सहभागी भए । ठमेलमा प्रहरी कुटेर हिरासत पुगेका शाही त्यसबाट पाठ सिक्नुको साटो उल्टै प्रहरी जवानकै नक्कली परीक्षार्थी बने ।

साढे दुई महिनाको अवधिमा दुई वटा अपराधमा मुछिएका शाहीको विगत पनि आपराधिक नै देखिन्छ । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा उनीविरुद्ध यसअघि पनि दुई जना ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको भेटिएको छ ।

शाहीसहितको समूहले अस्कल क्याम्पसका विद्यार्थी विकास राईलाई २६ साउन २०७९ मा ज्यान मार्ने प्रयास गरेको थियो ।

फलामको रड, इँटा, काठ, लट्ठी, हेल्मेट, सेरामिक टायल लगायतले टाउको तथा शरीरका विभिन्न भागहरूमा राईमाथि क्याम्पस परिसरकै बास्केट बल ग्राउन्डमा आक्रमण भएको थियो । राईको शरीरभरि निलडाम परेको थियो भने टाउकामा ९ वटा टाँका लगाउनुपरेको थियो ।

त्यतिबेला उनको उपचार पाँचवटा अस्पतालमा भएको थियो । नागरिक कम्युनिटी अस्पताल गट्ठाघर, नेपाल–कोरिया फ्रेन्डसिप अस्पताल मध्यपुरथिमी, मोनोबल हेल्थ फाउन्डेसन धुम्बाराही, मनमोहन हस्पिटल स्वयम्भू र अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार गरिएको थियो ।

यो घटनामा शाहीसहित पाँचजनाविरुद्ध १६ माघ २०८० मा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर भएको थियो ।

१७ वैशाख २०८० मा शाहीसहितको समूहले अर्को ज्यान मार्ने प्रयास गरेको थियो । त्यतिबेला अखिल क्रान्तिकारी अस्कल क्याम्पसका अध्यक्ष खेम सिंहसहित चार जनामाथि आक्रमण गरेको थियो ।

साढे १ बजेको समयमा अस्कल क्याम्पसको होस्टलभित्र शाहीको समूहले आक्रमण गरेको थियो ।

रड, खुकुरी र सिसाको बोतलले उनीहरूमाथि आक्रमण भएको थियो । उक्त आक्रमणबाट घाइते भएका सिंहसहित ओमप्रसाद पोखरेल, सुदीप पोखरेल, सागर पाण्डेलाई प्रहरीले उद्धार गरी उपचारका लागि नयाँबजारस्थित पिपल्स अस्पताल पुर्‍याएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनीहरूलाई अन्नपूर्ण न्यूरोलोजिकल अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो । यो घटनामा अहिले पक्राउ परेका शाहीसहित पाँचजनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा ७ जेठ २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending