Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

नेपालबारे भारतको अर्को विज्ञप्ति, तराईको आन्दोलन रोक्न दबाव

काठमाडौं । मधेसवादी दललाई सहमति नल्याइ संविधान जारी गरेको भन्दै नेपालका राजनीतिक दलहरुप्रति रुष्ट भारतले सोमबार फेरि विज्ञप्ति निकालेर तत्काल आन्दोलन साम्य पार्न दबाव दिएको छ ।

\"indian-flag\"भारतीय विदेश मन्त्रालयले सोमबार साँझ विज्ञप्ति निकालेर भारतको सल्लाहलाई मानेको भए नेपालमा अहिलेको अवस्था सिर्जना नहुने उल्लेख गरेको छ ।

नेपालको संविधान २०७२ जारी भएलगत्तै आइतबार पनि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेको थियो । सो विज्ञप्तिमा संविधान जारी भएकोमा स्वागतको एक शब्द पनि उल्लेख गरिएको थिएन ।

सोमबार साँझ पुनः जारी विज्ञप्तिमा तराई मधेसमा जारी आन्दोलनलाई बल प्रयोग नगरी राजनीतिक रुपमा समाधान गर्न भनिएको छ ।

‘संविधान जारी भएसँगै भारतसँग सीमा जोडिएका नेपालका क्षेत्रहरुमा भइरहेको हिंसा र हत्याबाट हामीलाई चिन्तित बनाएको छ,’ बक्तब्यमा भनिएको छ, ‘नेपाली नेतृत्वलाई पटक–पटक आन्दोलनलाई साम्य पार्न गरेको आग्रहलाई मानेको भए यस्तो गम्भिर अबस्था आउने थिएन ।’

नेपालमा संविधान जारी हुनुभन्दा दुई दिन अघि गत शुक्रबार काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशंकरले समेत तत्काल संविधान जारी नगर्न दबाव दिएका थिए । तर, प्रमुख राजनीतिक दलका नेताहरुले त्यसलाई अस्वीकार गर्दै आइतबार संविधान जारी गरेका थिए । त्यसलगत्तै नेपालस्थित राजदूत रञ्जित रेलाई दिल्ली बोलाएर भारतीय बिदेश मन्त्रालयले दिनभर छलफल गरेको थियो ।

भारतद्वारा जारी पछिल्लो विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राजनीतिक नेतृत्वले यो समस्यालाई प्रभावकारी र विश्वसनीय ढंगले सम्बोधन गरी द्वन्द्व समाधान गर्ने हामीले विश्वास लिएका छौं ।’

भारतले तराई मधेसमा जारी आन्दोलनलाई कारण देखाउँदै नेपालमा आपूर्ति असहज हुनसक्ने संकेत समेत गरेको छ । उसको विज्ञप्तिमा नेपालमा लामो समयदेखि जारी आन्दोलनले आफ्ना मुलुकका कम्पनिहरुलाई समस्या परिरहेको उल्लेख छ ।

हेर्नुस् सोमबार जारी गरिएको विज्ञप्ति

\"Second

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending