Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

वीर अस्पतालमा ‘कक्लियर इम्प्लान्ट’ सेवा सुरु, यसले कसरी काम गर्छ ?

खबरडबली संवाददाता

काठमाडौँ। वीर अस्पतालले कान नसुन्नेका लागि लक्षित गर्दै कक्लियर इम्प्लान्ट सेवा सुरु गरेको छ । अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ डा।दिपेन्द्र श्रेष्ठले विभिन्न कारणले सुनाइमा समस्या भएका व्यक्तिलाई लक्षित गर्दै यो सेवा सुरु गरेको जानकारी दिए।

उनका अनुसार उक्त उपकरण कानै नसुन्ने व्यक्तिलाई शल्यक्रिया मार्फत प्रत्यारोपण गरिन्छ ।

अस्पतालले उक्त उपकरण आधा मूल्यमा प्रत्यारोपण गरेको उनले जानकारी दिए । उनी भन्छन्, “सामान्यतय यो उपकरणको साढे १२ लाख मूल्य पर्छ । तर सरकारले यसको खरिदमा ५० प्रतिशत अनुदान दिएकोले बिरामीले छ लाखमा नै कान सुन्न सक्ने उपकरण प्रत्यारोपण गर्न सक्छन् ।”

साथै अस्पतालले शल्यक्रियाद्वारा उक्त उपकरण प्रत्यारोपण गरेपछि ५० हजार बराबरको स्पिच थेरापी सेवा नि:शुल्क व्यवस्था गरेको उनले जानकारी दिए ।

यसअघि सरकारी अस्पतालमा कक्लियर इम्प्लान्ट सेवा त्रिवि शिक्षण अस्पतालमात्रै उपलब्ध थियो ।

कस्तो अवस्थामा कक्लिअर इम्प्लान्ट राख्नुपर्छ ?

मानिसको कानभित्र कक्लिया हुन्छ जसको माध्यमबाट मानिसले अरुले भनेको कुरा सुन्ने गर्छन् । कक्लिया बिग्रिएमा विस्तारै श्रवणशक्ति हराउँदै गएर कानै नसुन्ने गराउँछ ।

डा।श्रेष्ठका अनुसार कक्लिया विभिन्न कारणले बिग्रने गर्छ । यस्तो समस्या जन्मजात, वंशाणुगत कारण हुने उनको भनाइ छ । जन्मजात कक्लिया राम्रोसँग शिशुको विकास नभएर, कतिपय अवस्थामा विभिन्न खालका सङ्क्रमणले कक्लियामा समस्या आउने डा।श्रेष्ठ बताउछन् ।

बच्चामा अक्सिजनको मात्रा नपुगेमा पनि यस्तो समस्या निम्तने उनको भनाइ छ । त्यसैगरी, अत्याधिक ज्वरो आउने, मेनेन्जाइटिस हुने, रुबेला, हाँडेका कारणले कक्लियामा क्षति पुग्ने उनको भनाइ छ । कक्लियामा क्षति पुगेमा दीर्घ रुपमा कान नसुन्ने समस्या निम्तने उनी बताउछन् । दीर्घ रुपमा काम नसुन्ने समस्याको एकमात्र विकल्प कक्लियर इम्प्लान्ट हो ।

यसले कसरी काम गर्छ ?
कक्लियर इम्प्लान्ट यदि कुनै पनि उपकरणले काम गरेन भने अन्तिम अवस्थामा श्रवणशक्ति फर्काउन प्रयोग गरिन्छ । उनी भन्छन्, “कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवण यन्त्रले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कोक्लियर इम्प्लान्ट गर्नुपर्छ ।”

यो उपकरण शल्यक्रिया गरेर कानको भित्रि भागमा जडान गरिन्छ । यो डिभाइस जडान गरिसकेपछि बाहिरबाट आएको आवज ब्रेनसम्म पुर्‍याउने काम गर्छ । उनी भन्छन्, “कक्लियाले बाहिरी कानबाट भित्र जाने मेकानिकल इनर्जीलाई इलेक्ट्रोनिक्स इनर्जीमा बदलेर ब्रेनमा पुर्‍याउँछ ।” 

कोक्लियर इम्प्लान्ट कानको शल्यक्रिया गरी प्रत्यारोपण गरिन्छ । यो शल्यक्रिया पश्चात प्रत्यारोपण गरिएको कक्लिअर मेसिनले ठिकसँग सुनियोस् भनेर ५० हजार बराबरको स्पिच थेरापी नि:शुल्क दिइने व्यवस्था गरेको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बन्छ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...

निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटेर लगियो: दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...

सरकारले तोक्यो न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको तलव, प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...

रोल्पा पहिरोपछि प्रधानमन्‍त्री शाहसँग वर्षमान पुनको भेट: राख महत्त्वपूर्ण चार सवाल

काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...

पोखरा बसपार्कमा ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक

कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो: शशांक कोइराला

कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending