मकवानपुर । बागमती प्रदेश सरकारमातहतमा रहेको हेटौँडा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा सर्वसाधारण मारमा परेका छन् ।
नेपाल चिकित्सक सङ्घले शुक्रबार गरेको आन्दोलनका कारण हेटौँडा अस्पतालमा आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गर्दा नागरिक सामान्य स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् । हेटौँडा बजार क्षेत्रबाट मात्र नभएर ग्रामीण क्षेत्रका नागरिकले समेत उपचार पाउन सकेका छैनन् ।
मकवानपुरको कैलाश गाउँपालिकाको नामटारका वीरमान मोक्तान अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबाट वञ्चित भए। उनले भने, “अस्पतालमा आउँदा ओपिडी सेवा बन्द रहेछ, असहज भइरहेको छ तर उपचार पाउन सकिनँ । लामो समयदेखि बिरामी छु । निजी अस्पतालमा जाने क्षमता छैन । सरकारीमा आउँदा चिकित्सक नै छैनन् ।” अस्पतालको टिकट काट्ने कक्ष सुनसान रहेको छ । ओपिडी कक्षमा ताला झुन्ड्याइएको छ । अस्पतालमा सेवा लिन दूरदराजबाट आएका बिरामी यसै फर्कन बाध्य छन् ।
अस्पतालमा उपचारका लागि आउने वीरमान जस्तै अन्य सेवाग्राही आउँदै अस्पतालको टिकट काट्ने ठाउँमा सोध्दै फर्केका देखिन्थे । उपचारका लागि आएका हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सावित्री महतले उपचार नपाएर फर्कनु परेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने “यस्तो चर्को घाममा उपचार सेवाका लागि आएँ, तर बन्द रहेछ ।” उनले भने, “घरबाट अस्पताल आउँदा र जाँदाको तीन सय रुपियाँ तिर्नु पर्छ । उपचार भने छैन, अब यसै फर्कनुपर्ने भयो ।” उनले स्वास्थ्य समस्या भएर आएको अस्पताल सुनसान रहेछ, डाक्टर देखिएनन् ।
यस्तै हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका कृष्णप्रसाद दाहालले फलोअपका लागि आउँदा ओपिडी सेवा बन्द गरेकाले उपचार नै नगरी फर्कन बाध्य भएको बताउनुभयो । हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागार्ईंले सम्पूर्ण रूपमा सेवा बन्द नगर्ने भनिएकोमा चिकित्सकको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित बनेको बताए। सङ्घको आह्वानमा शुक्रबार सबै सरकारी अस्पताललगायतको आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
नेपाल चिकित्सा शिक्षा आयोगको १६ औँ बैठक अनुसार सरकारी आठौँ तह बराबरको भत्ताको माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक ३० औँ दिनदेखि आन्दोलनमा उत्रिँदा पनि राज्यबाट कुनै सुनुवाइ नभएपछि सबै सेवा ठप्प पार्न बाध्य भएको सङ्घको भनाइ छ । सङ्घले आफ्ना माग सम्बोधन नभएका कारण देशभरिका आकस्मिक तथा सघन उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा शुव्रmबारबाट ठप्प पार्ने यसअघि नै चेतावनी दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १७:१६
विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...
श्रावण २९ गते, २०८३ - १६:५७
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...
श्रावण २९ गते, २०८३ - १६:४९
कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...
श्रावण २९ गते, २०८३ - १६:४३
काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...
श्रावण २९ गते, २०८३ - १६:१०
काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...
श्रावण २९ गते, २०८३ - १५:५७
काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...
श्रावण २९ गते, २०८३ - १५:१८
कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...
श्रावण २९ गते, २०८३ - १५:०२
कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन
श्रावण २९ गते, २०८३ - १४:४८
काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...
श्रावण २९ गते, २०८३ - १४:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...



प्रतिकृया लेख्नुहोस्: