काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते छुट खोप लगाउन आग्रह गरेको छन् ।
मन्त्री पौडेलले भिडियो सन्देश जारी गर्दै नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई वैशाख ३१ गते नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन अभिभावकलाई अनुरोध गरेको हो ।
हरेक वर्ष वैशाख महिनाको दोस्रो हप्ता ९अप्रिल महिनाको अन्तिम हप्तालाई० विश्वभर खोप सप्ताहको रुपमा मनाइन्छ । तर नेपालमा वैशाख महिनालाई नै खोप महिनाको रुपमा मनाउने गरिन्छ । खोप महिनालाई सफल बनाउन तथा आवश्यक सहजीकरण गरिदिनु हुन सबै प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, पत्रकार, समाजसेवी र अन्य सरोकारवालाहरु मन्त्री पौडेलको अनुरोध छ ।
बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपको पूर्णमात्रा पाएको सुनिश्चत गरी सबै जिल्लालाई पूर्णखोप घोषणा गर्न प्रयासरत रहेको उनको भनाइ छ । नियमित खोप कार्यक्रममार्फत खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिका छन् कि छैनन् भनेर गाउँ टोलमा गएर सोध खोज गर्ने र छुट भएका बालबालिकालाई खोप लगाउने व्यवस्था गरेको उनले बताए ।
खोप कार्यक्रम सञ्चालन गरी पूर्णखोप सुनिश्चित गर्न यस वर्षको वैशाख महिनामा थप कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए।
सरकारले बालबालिकाका लागि १३ प्रकारका रोगविरूद्धको खोप, गर्भवती महिलाका लागि दुई वटा रोगविरूद्धको खोप र किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप नि:शुल्क प्रदान गर्दै आएको छ ।
चिकित्सकका अनुसार खोपले बाल मृत्युदर घटाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाएर गभ्मीर रोग लाग्नबाट बचाउनुका साथै स्वास्थ्य र पोषण अवस्थालाई राम्रो बनाउने गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १७:१६
विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...
श्रावण २९ गते, २०८३ - १६:५७
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...
श्रावण २९ गते, २०८३ - १६:४९
कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...
श्रावण २९ गते, २०८३ - १६:४३
काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...
श्रावण २९ गते, २०८३ - १६:१०
काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...
श्रावण २९ गते, २०८३ - १५:५७
काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...
श्रावण २९ गते, २०८३ - १५:१८
कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...
श्रावण २९ गते, २०८३ - १५:०२
कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन
श्रावण २९ गते, २०८३ - १४:४८
काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...
श्रावण २९ गते, २०८३ - १४:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...



प्रतिकृया लेख्नुहोस्: