काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्कन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्कन आग्रह हो ।
मन्त्रालयका प्रवक्त एवम् सहसचिव शिवकुमार सापकोटाले आन्दोलनरत निजी कलेजका आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्केर बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेका हुन् ।
वैशाख १६ गते शिक्षा मन्त्री रघुजी पन्तसँग एशोशियसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीको प्रतिनिधि मण्डलबिच छलफल भएको थियो । सोही छलफलमा डा. कार्कीले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकबाट निर्देशन भए बमोजिम सम्पूर्ण आवासीय चिकित्सलाई बैठकबाट पारित भएको निर्वाह भत्ता मासिक ४८ हजार ७३७ रकम प्राइभेट मेडिकल एण्ड डेण्टल कलेजको तर्फबाट सम्बन्धित शिक्षण संस्थामा उपस्थित हुनासाथ उपलब्ध गराउने प्रतिवद्धता गरेको उनको भनाइ छ ।
आयोगको १६ औँ बैठक गरेको निर्णय कार्यन्ययन गर्न निर्देशन दिएको भएपनि शिक्षा मन्त्रालयमा वैशाख ६ गते निजी सञ्चालकले ४८ हजार ७३७ मात्र उपलब्ध गराउने प्रतिवद्धता गरेकोमा नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम कार्कीले आपति जनाए ।
उनले भने, “चिकित्सा शिक्षको स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकलाई सार्वजनिक शिक्षण संस्थामा स्नाकोत्रर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकलाई दिए सरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता उपलब्ध गराउन सम्बन्धित विश्वविद्यालय र अन्तर्गतका सम्बन्ध प्राप्त निजी केकिडल कलेजलाई निर्देशन दिने निर्णय भएकोमा शिक्षा मन्त्रालयमा ४८ हजार ७३७ मात्र उल्लेख भएकोमा गम्भीर आपति छ ।”
स्वास्थ्यकर्मी लागि सुरक्षित कार्यस्थल संघर्ष समितीको आह्वानमा विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासिय चिकित्सक आफ्नो हकहितका लागि लामो समयदेखि आन्दोलनरत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...
पौष १ गते, २०८२ - १७:५५
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...
पौष १ गते, २०८२ - १७:५२
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्ट...
पौष १ गते, २०८२ - १७:४५
झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...




प्रतिकृया लेख्नुहोस्: