बर्दिया । कोरोना संक्रमणका कारण धरासायी बन्दै गएको बर्दिया जिल्लाको पर्यटकिय क्षेत्र पछिल्लो समय भने पर्यटकको आगमन हुन थालेको छ ।
कोरोना संक्रमणका कारण करिव ४ वर्ष धरासायी बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा कोरोना संक्रमणको समाधानसँगै पर्यटक आउने क्रम पनि बढदै गएको छ । निकुञ्जको अवलोकनमा पर्यटकको सङ्ख्या बढ्दै जाँदा निकुञ्जले गर्ने आमदानी समेत बढेको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्कलाई हेर्ने हो भने ०७८/७९ मा नेपाली १३ हजार सार्क मुलुकका नौ सय एक र बिदेशी मुलुकका दुई हजार तीन सय २२ गरी कुल १६ हजार दुई सय ९७ पर्यटकले निकुञ्जको अवलोकन गरेका छन भने आर्थिक वर्ष ०७९।८० मा नेपाली १६ हजार सात सय ७८ जना, सार्क मुलकुका एक हजार दुई सय २८ र विदेशी मुलुकका छ हजार तीन सय २४ जना गरी कुल २४ हजार तीन सय ३० जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् ।
त्यसैगरी ०८०।८१ मा नेपाली १५ हजार तीन सय २४, सार्क मुलुकका एक हजार चार सय ३६ जना र विदेशी छ हजार तीन सय ८४ जना गरी कुल २५ हजार आठसय ३१ जना पर्यटकले निकुञ्जको अवलोकन गर्दा चालु आर्थिक वर्षमा भने नेपाली १५ हजार तिन सय २४, सार्क मुलुकका एक हजार ५९ जना र विदेशी मुलुकका पाँच हजार नौ सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।
कोरोना संक्रमणमा धारासायी बनेको पर्यटकिय क्षेत्रमा पछिल्लो समय पर्यटकको आगमन देखेर निकुञ्जकर्मी समेत उत्साहित भएका छन् । केही वर्षअघि सुनासान भएको पर्यटकिय क्षेत्र दुई तीन बवर्ष यतादेखि चहलपहल बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए ।
बर्दिया राष्टिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्न थालेपछि निकुञ्ज क्षेत्रमा होटल व्यवसाय गर्नेहरु समेत उत्साहित भएका छन् । भर्खरभर्खर होटल सञ्चालन गर्नेहरु कोरोना संक्रमणका समयमा बन्द गरेर हिँड्नु पर्ने अवस्था थियो तर जसोतसो त्यो समय कटाईयो अहिले पर्यटकहरु पनि राम्रै आउने गरेका छन होटल प्याराडाईजनका सञ्चालक शङ्कर भटराईले बताए ।
संक्रमणका समयमा निकुञ्जको आसपास पर्यटकसमेत देख्न समस्या हुन्थ्यो, आजभोली पर्यटक भरिएको देख्दा यस्तो दिन पनि आउँदो रहेछ भन्ने महसुस भएको ठाकुरबाबा नगरपालिका ९ का स्थानिय हरिवंश पाण्डेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: