Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

ताराई आन्दोलन झनै चर्कदै ,सप्तरी सहित तराई मधेसमा उनन्चालिस दिनदेखि बन्द जारी

\"janakpur-aandolan\"सप्तरी । तराई मधेसमा विगत ३९ दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन दिन प्रतिदिन कडा बन्दै गइरहेको छ । सीमाङ्कन र राज्यका हरेक क्षेत्रमा समानुपातिक समावेशी सहभागिता लगायतका विभिन्न माग राख्दै मधेसी मोर्चाले तराई मधेसमा अनिश्चितकालीन आमहडताल गरेपछि सप्तरीको जनजीवन अत्यन्त कष्टकर बनेको छ । मोर्चाले थालेको आन्दोलनको आज ३९ औँ दिन मधेसी मोर्चाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनकारीले सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनलाई चल्न दिएका छैनन् भने ठाउँठाउँमा प्रदर्शन गर्दै बजार तथा पसल पूर्णरुपमा बन्द गराएका छन् । प्रदर्शनकारीले राजविराजको गजेन्द्र चोक, दर्शन चोक, महावीर चोकलगायतका स्थानमा बिहानैदेखि टायर बालेर प्रदर्शन गर्नुका साथै बजार पसल पूर्णरुपमा ठप्प पारेको बताइएको छ । आइतबार नयाँ संविधान जारी भएपछि आन्दोलनकारीले आन्दोलनका कार्यक्रम झन कडा बनाएर पूर्णरुपमा सप्तरी ठप्प पारेका हुन् । साथै, मोर्चाले पूर्व पश्चिम राजमार्गको  भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका ठाउँमा ढुङ्गा राखेर तथा रुख ढालेर सडक अवरुद्ध पारेका छन् । सीमाङ्कनको विरोधमा उत्रिएका सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादीदलले  आह्वान गरेको अनिश्चितकालीन तराई मधेस बन्दको आज ३९ औं  दिन  पुगेको हो । मोर्चाका कार्यकर्ताले सप्तरीसहित तराईका जिल्लामा विगत एक महिनाभन्दा बढी समयदेखि बन्द जारी राखेकाले  ती जिल्लामा बन्दको  निकै प्रभाव परेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending