Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

गिर्जाघरमा बम पड्काउने तीनजना पक्राउ

\"arrest\"झापा । गत भदौ २९ गते झापाको सुरुङ्गासहित दमक, खजुरजाछी र गौरादहमा रहेका गिर्जाघरमा बम विस्फोट गराउने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले उनीहरुलाई सार्वजनिक गरेको हो । हिन्दू मोर्चा नेपालको पर्चा छोडेर गिर्जाघरमा बम विस्फोट गराउनेहरुमा मोरङको बेलबारीका राम भण्डारी, बिर्तामोड घर भएका कृष्ण चुँडाल र बिर्तामोड निवासी नै रामचन्द्र बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पत्रकार सम्मेलनमा बताए । उनले हिन्दू मोर्चा नेपालको नाममा पर्चा छोड्दै उनीहरुले गिर्जाघरमा बम विस्फोट गराएको जानकारी दिए । उनीहरुले सुरुङ्गास्थित स्वतन्त्र बप्टिसा मण्डली नामक गिर्जाघरमा राखेको बम विस्फोट हुँदा प्रहरी सहायक निरीक्षक देवनारायण यादव र प्रहरीहरु भरत कार्की तथा केदार पौडेल सख्त घाइते भएका थिए । त्यस्तै, इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत डिएसपी प्रज्वल महर्जनलाई समेत बमका छर्रा लागेको थियो । डिएसपी महर्जनको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा उपचार भएको थियो भने अन्य प्रहरीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । गिर्जाघरमा राखिएको बम निष्क्रिय भएको ठानेर प्रहरीले इलाका प्रहरी कार्यालय सुरुङ्गा पु¥याएलगत्तै प्रहरी कार्यालयमा सो बम विस्फोट भएको थियो । त्यस्तै, झापाको दमक–१३ स्थित ज्योति गिर्जाघर र खजुरगाछीस्थित इम्मानुयल गिर्जाघरमा पनि उनीहरुको समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । दमकमा उनीहरुले २८ गते राति ११ बजे दुईवटा विस्फोटन गराएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता दाहालले बताए । विस्फोट गर्नुअघि उनीहरुले हिन्दू मोर्चा नेपालको सैन्य विभागका प्रमुख भनेर नेपालीमा अभिमान सिंह नाम दिएर अङ्ग्रेजीमा हस्ताक्षर गरिएका दर्जनाँै पर्चा छाडेका थिए । तीनैजनाविरुद्ध सङ्गठित अपराध ऐनअन्तर्गत कारबाही अगाडि बढाइने प्रहरी प्रवक्ता दाहालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy