Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

गिर्जाघरमा बम पड्काउने तीनजना पक्राउ

\"arrest\"झापा । गत भदौ २९ गते झापाको सुरुङ्गासहित दमक, खजुरजाछी र गौरादहमा रहेका गिर्जाघरमा बम विस्फोट गराउने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले उनीहरुलाई सार्वजनिक गरेको हो । हिन्दू मोर्चा नेपालको पर्चा छोडेर गिर्जाघरमा बम विस्फोट गराउनेहरुमा मोरङको बेलबारीका राम भण्डारी, बिर्तामोड घर भएका कृष्ण चुँडाल र बिर्तामोड निवासी नै रामचन्द्र बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पत्रकार सम्मेलनमा बताए । उनले हिन्दू मोर्चा नेपालको नाममा पर्चा छोड्दै उनीहरुले गिर्जाघरमा बम विस्फोट गराएको जानकारी दिए । उनीहरुले सुरुङ्गास्थित स्वतन्त्र बप्टिसा मण्डली नामक गिर्जाघरमा राखेको बम विस्फोट हुँदा प्रहरी सहायक निरीक्षक देवनारायण यादव र प्रहरीहरु भरत कार्की तथा केदार पौडेल सख्त घाइते भएका थिए । त्यस्तै, इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत डिएसपी प्रज्वल महर्जनलाई समेत बमका छर्रा लागेको थियो । डिएसपी महर्जनको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा उपचार भएको थियो भने अन्य प्रहरीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । गिर्जाघरमा राखिएको बम निष्क्रिय भएको ठानेर प्रहरीले इलाका प्रहरी कार्यालय सुरुङ्गा पु¥याएलगत्तै प्रहरी कार्यालयमा सो बम विस्फोट भएको थियो । त्यस्तै, झापाको दमक–१३ स्थित ज्योति गिर्जाघर र खजुरगाछीस्थित इम्मानुयल गिर्जाघरमा पनि उनीहरुको समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । दमकमा उनीहरुले २८ गते राति ११ बजे दुईवटा विस्फोटन गराएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता दाहालले बताए । विस्फोट गर्नुअघि उनीहरुले हिन्दू मोर्चा नेपालको सैन्य विभागका प्रमुख भनेर नेपालीमा अभिमान सिंह नाम दिएर अङ्ग्रेजीमा हस्ताक्षर गरिएका दर्जनाँै पर्चा छाडेका थिए । तीनैजनाविरुद्ध सङ्गठित अपराध ऐनअन्तर्गत कारबाही अगाडि बढाइने प्रहरी प्रवक्ता दाहालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending