Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

आगामी बजेटमा के चाहन्छ निजी क्षेत्र ?

खबरडबली संवाददाता

काठमाडौं ।  आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट आउन अब केही दिन बाँकी छ । संवैधानिक प्रावधानअनुसार हरेक वर्षको जेठ १५ गते संघीय दुई सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले नयाँ बजेट पेस गर्ने व्यवस्था छ। 

सोहीअनुसार अर्थ मन्त्रालयले राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सिलिङअनुसार बजेट तर्जुमाको काम गरिरहेको छ। अर्थले नयाँ बजेटको सीमा करिब १९ खर्ब हाराहारीमा पाएको छ । यसकै अधीनमा रही अर्थ मन्त्रालयले सबै मन्त्रालयहरुलाई सिलिङ प्रदान गरेको थियो। मन्त्रालयहरुले अर्थबाट पाएको बजेटको सीमा र बजेट तर्जुमा मार्गनिर्देशनअनुसार मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई बजेटमा राख्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिका सूचकहरुको विवरण बुझाइसकेका छन्। 

योबीचमा अर्थ मन्त्रालयले राजनीतिक दल, पूर्वअर्थमन्त्री, अर्थशास्त्रीलगायतसँग आगामी बजेटबारे छलफल गरिसकेको छ भने बजेट क्यालेन्डर बनाएर अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुखको नेतृत्वमा ५ सदस्यीय बजेट मस्यौदा लेखन समिति बनाई तर्जुमाको काम गरिरहेको छ। 

यता यही वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरिसकेका छन् भने संसद्मा यसमाथि छलफल भइसकेको छ। 

यहीबीच, देशको अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र पनि आगामी बजेटलाई लिएर आशावादी बनिरहेको छ। सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने, उनीहरुका समस्या सुनेर समाधान गर्ने र मिलेर देशको बलियो अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता जनाएको र त्यसअघि अध्यादेशमार्फत लगानीमैत्री वातावरणको पहलकदमी लिएकाले पनि निजी क्षेत्र वर्तमान सरकारप्रति आशावादी छ।

नयाँ बजेटमा निजी क्षेत्रले आफ्नो आवाज सम्बोधन भएको हेर्न चाहेको छ। त्यसकारण नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स मात्र नभई उद्योगी व्यवसायीहरुले आगामी बजेटमा समेटिनुपर्ने कुराहरु सार्वजनिक गरिरहेका छन्। के के छन् त उद्योगी व्यवसायीले नयाँ बजेटमा चाहेका कुरारु 

कम्तीमा १० वर्ष स्थिर नीति
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल निजी क्षेत्रले सधैँ लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्वको आवश्यकतामा जोड दिएको बताउँछन्। 

त्यसका लागि सबै दलहरुले कम्तीमा अबको १० वर्ष नीतिगत परिवर्तन नगर्ने गरी सहमति गर्नुपर्ने र कानुनको अपव्याख्या गर्ने र एकअर्को कानुन बाझिने अवस्था अन्त्य हुनुपर्ने ढकालको सुझाव छ।

‘अबको बजेट र मौद्रिक नीतिले लगानी सहजीकरणका विषयलाई प्रमुखताका साथ अगाडि बढाउनुपर्छ’, केही दिनअघि कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा सरकारलाई उनको सुझाव थियो, ‘यसपटकको बजेट नयाँ चरणको आर्थिक सुधारको प्रस्थानविन्दु बन्नुपर्छ।’  

त्यसो त उद्योग वाणिज्य महासंघले व्यवसायको दर्ता नागरिक एपबाट हुने व्यवस्था गर्न, कर बुझाएको आधारमा स्वतः नवीकरण हुने व्यवस्था गर्न तथा विदेशी लगानीलाई अनलाइनबाट सबै प्रक्रिया पूरा गरेपछि फाइल बुझाए पुग्ने व्यवस्था गरी फाइल लगानीकर्ता आफैँले डुलाउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारलाई सुझाव दिइसकेको छ।

साना तथा मझौला उद्योग प्रवर्द्धन
नेपाल उद्योग वाणिज्य महासंघकै वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ आगामी बजेट साना तथा मझौला उद्योग प्रवर्द्धन गर्नेतिर केन्द्रित हुनुपर्ने बताउँछन्। अर्थतन्त्रमा यस्ता उद्योगहरुको योगदान ठूलो रहे पनि तिनको प्रवर्द्धन हुन नसकेकाले सरकारले नयाँ बजेटमा यसलाई ध्यान दिनुपर्ने उनको भनाइ छ। 

‘नेपालको अर्थतन्त्रमा एसएमइजको योगदान ठूलो छ, तर योगदानअनुरुप प्रोत्साहन छैन’, श्रेष्ठ भन्छन्, ‘यसले गर्दा उत्पादन, उत्पादकत्व र रोजगारीमा समेत असर पारेको छ। ती उद्योगहरुको प्रवर्द्धनका लागि सहज ऋण प्राप्ति, लिएको ऋणको पुनः नवीकरण वा पुनर्तालिकीकरण आवश्यक छ। नयाँ बजेटले यी विषयहरु सम्बोधन हुनेछन् भन्ने हाम्रो अपेक्षा छ।’

आगामी बजेटमा ४० प्रतिशतभन्दा बढी अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा पनि श्रेष्ठको जोड छ।  

पूर्वअध्यक्ष मल्लका ८ बुँदे सुझाव 
यता नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्नुपर्ने बताएको छ।

उसले सत्तारुढ दललाई औद्योगिक एवं व्यापारिक क्षेत्रमा देखिएका समस्याबारे अवगत गराउँदै सुधारको पहलसहितका विभिन्न सुझाव दिइसकेको छ। 

चेम्बरका कार्यवाहक अध्यक्ष दीपक कुमार मलहोत्रा उद्यमी व्यवसायीको मनोबल बढाउने गरी बजेट आउनुपर्ने बताउँछन्। चेम्बरले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने चालू पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने बताएको छ।

चेम्बरकै विर्तमान अध्यक्ष राजेन्द्र मल्ल सरकारले आगामी बजेटमा खासगरी पूर्वाधार विकास, कृषि तथा ग्रामीण विकास, औद्योगिक विकास तथा साना–मझौला उद्यमलाई समर्थन, शिक्षा तथा सीप विकास, स्वास्थ्य तथा सामाजिक सुरक्षा, पर्यटन तथा सांस्कृति प्रवर्द्धन, वातावरण तथा जलवायु सहनशीलता, डिजिटल तथा वित्तीय समावेशीकरणलाई केन्द्रित गरी बजेट ल्याउनुपर्ने बताउँछन्। 

नयाँ बजेटका लागि उनले ८ बुँदामा राय दिएका छन्। पहिलो बुँदामै उनले पूर्वाधार विकासमा ध्यान दिन आग्रह गरेका छन्। त्यसमा खासगरी राष्ट्रिय राजमार्ग, ग्रामीण सडक तथा पुलहरूको विस्तार र मर्मत कार्यलाई निरन्तरता दिने, चालू जलविद्युत परियोजनाहरूको समयमै सम्पन्नता र विद्युत प्रसारण सञ्जालको विस्तारलाई प्राथमिकता दिने र नगरपालिकाहरूमा खानेपानी, सरसफाइ तथा सार्वजनिक यातायात सुधारमा लगानी गर्ने उनको सुझाव छ। 

मल्लले दोस्रो बुँदामा कृषि तथा ग्रामीण विकासलाई राखेका छन्। यसअनुसार आधुनिक कृषि उपकरण, सिँचाइ प्रणाली र सुधारिएको बीउबीजनमा अनुदान प्रदान गर्ने कुरालाई समेटेका छन्। यस्तै कृषि सहकारी संस्थाहरूलाई सुदृढ गर्दै कृषिमा आधारित उद्योगको प्रवर्द्धन गर्ने, ग्रामीण पूर्वाधार निर्माण र मूल्यवर्धित कृषि उत्पादनमा आधारित रोजगार कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरेका छन्। 

तेस्रो बुँदामा औद्योगिक विकास तथा साना–मझौला उद्यमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिँदै उनी साना तथा मझौला उद्यमहरूका लागि सहज ऋण पहुँचको व्यवस्था गर्नुपर्ने बताउँछन्। यसअनुसार विशेष आर्थिक क्षेत्र र औद्योगिक कोरिडोरहरूको विकास र सञ्चालन गर्ने, घरेलु उत्पादक र स्टार्टअपहरूलाई कर प्रोत्साहन, तालिम तथा बजार पहुँच उपलब्ध गराउने छ।

चौथो बुँदामा उनले शिक्षा तथा सीप विकासमा जोड दिएका छन्। उनका अनुसार आगामी बजेटमा श्रम बजारको मागअनुसार प्राविधिक तथा व्यावसायिक तालिम विस्तार गर्ने, माध्यमिक तथा उच्च शिक्षामा डिजिटल शिक्षा र विशेषतः विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणितलाई प्रवर्द्धन गर्नुपर्छ। 

यसबाहेक विश्वविद्यालयहरूसँगको सहकार्यमा नवप्रवर्तन केन्द्र र अनुसन्धान केन्द्रहरू स्थापना गर्ने विषयलाई पनि उनले उठाएका छन् । पाँचौँ बुँदामा मल्लले स्वास्थ्य तथा सामाजिक सुरक्षालाई राखेका छन्। खासगरी ग्रामीण तथा सेवा नपुगेका क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू स्तरोन्नति गर्नुपर्ने उनको सुझाव छ।

छैठौँ बुँदामा पर्यटन तथा सांस्कृतिक प्रवर्द्धनलाई मल्लले उल्लेख गरेका छन्। प्रमुख पर्यटन क्षेत्रहरूमा पूर्वाधार सुधार गर्दै नयाँ स्थानीय पर्यटकीय मार्गहरू विकास गर्ने, इको–टुरिज्म, होमस्टे व्यवसाय तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्ने कार्यक्रमका लागि बजेट विनियोजन हुनुपर्ने उनको सुझाव छ। 

वातावरण तथा जलवायु सहनशीलतालाई सातौँ बुँदामा राखेका मल्ल समुदाय आधारित जलाधार तथा वन व्यवस्थापन कार्यक्रम सञ्चालन, सौर्य, बायोग्यासजस्ता नवीकरणीय ऊर्जाको प्रवर्द्धनका लागि जनचेतना कार्यक्रम सञ्चालन तथा विपद् पूर्वतयारी तथा जलवायु सहनशील पूर्वाधार योजना सुधारका लागि बजेट व्यवस्था हुनुपर्ने ठान्छन्। 

आठौँ बुँदामा भने उनी डिजिटल तथा वित्तीय समावेशीकरणलाई जोड दिन्छन्। उनका अनुसार पारदर्शिता र कार्यक्षमता वृद्धिका लागि सार्वजनिक सेवाहरूलाई डिजिटल माध्यमबाट उपलब्ध गराउने, विशेष गरी ग्रामीण क्षेत्रमा मोबाइल बैंकिङ र फिनटेकको पहुँच विस्तार गर्ने र डिजिटल उद्यमशीलता र स्टार्टअपहरूलाई अनुकूल नीतिमार्फत प्रोत्साहन दिनेजस्ता कार्यक्रमले बजेट पाउनुपर्ने उनको भनाइ छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी चुनावमा नेकपा पुनः शक्तिशाली बन्छ : वर्षमान पुन

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...

जापानको उत्कृष्ट प्रदर्शन, दुई गोलको अग्रता कायम

काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...

बाजुरामा एकाबिहानै बस दुर्घटना, २४ जना घाइते

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...

जलवायु संकटको अग्रपंक्तिमा नेपाल, हिमनदी पग्लिँदा बढ्दै बाढी–खडेरीको जोखिम

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...

प्रधानमन्त्री बालेन चितवन जाँदै, पार्टी महाधिवशेनमा सम्बोधन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...

कोशी प्रदेशका पहाडी तथा तराई भूभाग केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...

लेबनान तनाव चर्किएपछि इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा

तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...

पाल्पामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...

वर्षासँगै तराईमा घट्यो गर्मी, केही जिल्लामा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending