काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म विभिन्न खातामार्फत् सो बराबरको रकम संकलन भएका हुन् ।
यसमध्ये बचत खातामा २१ खर्ब ६८ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ । उक्त खातामा बैंकहरूले औसत ब्याजदर ३।३९ प्रतिशत ब्याज दिँदै आएका छन् ।
त्यस्तै, यो अवधिमा मुद्दती खातामा २९ खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ जम्मा भएको छ । यसमा औसत ६.१० प्रतिशत ब्याजदर रहेको छ । अहिले तीन महिनाभन्दा कम अवधिको मुद्दती खाता खोल्न नपाउने व्यवस्था गरिएको छ । तीन महिनादेखि ६ महिनाभन्दा कम अवधिको मुद्दतीमा ५ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ निक्षेप रहेको छ । यो खातामा बैंकहरूले औसत ४.२८ प्रतिशत ब्याज दिने गरेका छन् ।
त्यस्तै, ६ महिनादेखि एक वर्षभन्दा कम अवधिको खातामा ११ खर्ब ४१ अर्ब ७४ करोड रुपैयाँ निक्षेप रहेको देखिन्छ । यो निक्षेपको औसत ब्याजदर ४।६८ प्रतिशत रहेको देखिन्छ । एक वर्षदेखि २ वर्षभन्दा कम अवधिको लागि ५ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ निक्षेप रहेको देखिन्छ । यसमा औसतमा ५.७८ प्रतिशत ब्याज दिने गरिएको छ । २ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपमा ७ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ निक्षेप छ । यस्तो मुद्दतीमा ९.७२ प्रतिशत ब्याज रहेको गरेको राष्ट्र बैंकको तथ्यांक छ ।
त्यस्तै, ब्याज पाउने संस्थागत बचत खाताको रूपमा रहेको कल डिपोजिटमा ४ खर्ब २ अर्ब ८१ करोड निक्षेप छ । यो खातामा १.२३ प्रतिशत औसत ब्याजदर दिने गरिएको छ । अहिले बैंक तथा वित्तीय संस्थाले कल डिपोजिटमा कुल निक्षेपको १० प्रतिशत भन्दा धेरै राख्न नपाउने र यस्तो ब्याज साधारण बचत खाताको न्यूनतम ब्याजदरको आधाभन्दा धेरै हुन नहुने भएकोले यसमा कम ब्याज देखिएको हो । ब्याज पाउने प्रकृतिको खातामा १ अर्ब ८६ करोड निक्षेप छ, त्यसमा २।३४ प्रतिशत ब्याजदर रहेको छ ।
यीबाहेक नन–इन्ट्रेस्ट बियरिङ अकाउन्ट ३ खर्ब ९२ अर्ब ६५ करोड, चल्ती खातामा ३ खर्ब ५० अर्ब ८५ करोड, मार्जिन खातामा ४१ अर्ब ७ करोड र ब्याज नपाइने अन्य खातामा ७२ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकको तथ्यांक छ । यस अनुसार बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ८५ अर्ब रुपैयाँ बराबरका निक्षेपमा कुनै पनि ब्याजदर प्रदान नगर्ने गरेको देखिएको छ । यो झन्डै कुल निक्षेपको १३ प्रतिशत हो ।
यसरी घट्दैछ औसत ब्याजदर
चैत मसान्तसम्मको औसत तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने ब्याजदरको औसत ब्याजदर ४.४५ प्रतिशत रहेको छ । यस्तो लागत पछिल्लो वर्ष निरन्तर घट्दै गएको देखिन्छ । फागुन महिनामा ४।५४ प्रतिशत, माघमा ४.६२ प्रतिशत, पुसमा ४.७५ प्रतिशत, मंसिरमा ४.७८ प्रतिशत, कात्तिकमा ५.०१ प्रतिशत, असोजमा ५.२४ प्रतिशत, भदौमा ५.४८ प्रतिशत र साउनमा ५.६६ प्रतिशत रहेको देखिन्छ ।
यसअघि २०७९ पुसमा यस्तो औसत लागत ८.५१ प्रतिशत थियो । त्यो समयमा ३ महिना अवधिको मुद्दती खाताको ब्याजदर नै ११.४३ प्रतिशत रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: