काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म विभिन्न खातामार्फत् सो बराबरको रकम संकलन भएका हुन् ।
यसमध्ये बचत खातामा २१ खर्ब ६८ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ । उक्त खातामा बैंकहरूले औसत ब्याजदर ३।३९ प्रतिशत ब्याज दिँदै आएका छन् ।
त्यस्तै, यो अवधिमा मुद्दती खातामा २९ खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ जम्मा भएको छ । यसमा औसत ६.१० प्रतिशत ब्याजदर रहेको छ । अहिले तीन महिनाभन्दा कम अवधिको मुद्दती खाता खोल्न नपाउने व्यवस्था गरिएको छ । तीन महिनादेखि ६ महिनाभन्दा कम अवधिको मुद्दतीमा ५ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ निक्षेप रहेको छ । यो खातामा बैंकहरूले औसत ४.२८ प्रतिशत ब्याज दिने गरेका छन् ।
त्यस्तै, ६ महिनादेखि एक वर्षभन्दा कम अवधिको खातामा ११ खर्ब ४१ अर्ब ७४ करोड रुपैयाँ निक्षेप रहेको देखिन्छ । यो निक्षेपको औसत ब्याजदर ४।६८ प्रतिशत रहेको देखिन्छ । एक वर्षदेखि २ वर्षभन्दा कम अवधिको लागि ५ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ निक्षेप रहेको देखिन्छ । यसमा औसतमा ५.७८ प्रतिशत ब्याज दिने गरिएको छ । २ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपमा ७ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ निक्षेप छ । यस्तो मुद्दतीमा ९.७२ प्रतिशत ब्याज रहेको गरेको राष्ट्र बैंकको तथ्यांक छ ।
त्यस्तै, ब्याज पाउने संस्थागत बचत खाताको रूपमा रहेको कल डिपोजिटमा ४ खर्ब २ अर्ब ८१ करोड निक्षेप छ । यो खातामा १.२३ प्रतिशत औसत ब्याजदर दिने गरिएको छ । अहिले बैंक तथा वित्तीय संस्थाले कल डिपोजिटमा कुल निक्षेपको १० प्रतिशत भन्दा धेरै राख्न नपाउने र यस्तो ब्याज साधारण बचत खाताको न्यूनतम ब्याजदरको आधाभन्दा धेरै हुन नहुने भएकोले यसमा कम ब्याज देखिएको हो । ब्याज पाउने प्रकृतिको खातामा १ अर्ब ८६ करोड निक्षेप छ, त्यसमा २।३४ प्रतिशत ब्याजदर रहेको छ ।
यीबाहेक नन–इन्ट्रेस्ट बियरिङ अकाउन्ट ३ खर्ब ९२ अर्ब ६५ करोड, चल्ती खातामा ३ खर्ब ५० अर्ब ८५ करोड, मार्जिन खातामा ४१ अर्ब ७ करोड र ब्याज नपाइने अन्य खातामा ७२ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकको तथ्यांक छ । यस अनुसार बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ८५ अर्ब रुपैयाँ बराबरका निक्षेपमा कुनै पनि ब्याजदर प्रदान नगर्ने गरेको देखिएको छ । यो झन्डै कुल निक्षेपको १३ प्रतिशत हो ।
यसरी घट्दैछ औसत ब्याजदर
चैत मसान्तसम्मको औसत तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने ब्याजदरको औसत ब्याजदर ४.४५ प्रतिशत रहेको छ । यस्तो लागत पछिल्लो वर्ष निरन्तर घट्दै गएको देखिन्छ । फागुन महिनामा ४।५४ प्रतिशत, माघमा ४.६२ प्रतिशत, पुसमा ४.७५ प्रतिशत, मंसिरमा ४.७८ प्रतिशत, कात्तिकमा ५.०१ प्रतिशत, असोजमा ५.२४ प्रतिशत, भदौमा ५.४८ प्रतिशत र साउनमा ५.६६ प्रतिशत रहेको देखिन्छ ।
यसअघि २०७९ पुसमा यस्तो औसत लागत ८.५१ प्रतिशत थियो । त्यो समयमा ३ महिना अवधिको मुद्दती खाताको ब्याजदर नै ११.४३ प्रतिशत रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: