Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

'धवलागिरि हिमाल साहसिक पर्यटनको गन्तव्य बन्नसक्छ’

खबरडबली संवाददाता

पोखरा । धवलागिरि आरोहणको ६५ औँ दिवस अवसर पारेर पोखरामा धौलागिरि वारे परिचर्चा गरिएको छ । 
धौलागिरि हिमाल पदयात्रा, समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सहभागिले हिमालको प्रचार–प्रसार गरेर धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिए । सहभागिले साहसिक पर्यटनका लागि धवलागिरि क्षेत्रको सम्भावना वारे चर्चा गरेका थिए । 
धवलागिरि हिमाल संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्छ । धवलागिरि हिमाल ८ हजार १६७ मिटर उचाइमा पहिलोपटक मानव पाइला पुगेको ६५ वर्ष पूरा भएको छ । सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त आरोहण दलको म्याक्स आइसेलिनको नेतृत्वमा धवलागिरि हिमालको सफल आरोहण गरिएको थियो । 
सोही सन्दर्भमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अयोजना नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धन र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीको समन्वयमा दिवस मनाइएको हो । 
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका सचिव इन्द्रप्रसाद बस्यालले गण्डकी प्रदेशमा हिमाल कै कारण पर्यटक भित्राउन सकिने प्रचुर सम्भावना रहेको बताए । सचिव बस्यालले आपसी समझदारीमा साहसिक पर्यटनलाई तिनै तहका सरकारले अगाड बढ्नुपर्नेमा जोड दिए । 
नेपाल पर्यटन बोर्ड, गण्डकीका कार्यक्रम युवराज गुरुङले पवतीय पर्यटन नेपाल विश्वमा नेतृत्व गर्ने उद्योग रेहेको बताए । विदेशी मुद्रा आर्जन गर्ने माध्यका रुपमा यसलाई लैजानु पर्छ । हिजो भन्दा आज केही मागि उठेका छौँ तर, अझै पुगेको छैन, यसमा सबैको साझा प्रयास हुनुपर्छ गुरुङले भने । 
उक्त अवसरमा पर्यटनविद् समीर बरालले धवलागिरि क्षेत्रको पर्यटन विकासका अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । बरालले धवलागिरि क्षेत्रको पर्यटनबाट देशले ठुलो लाभ लिन सक्ने बताए । बरालले स्थानीयहरुको सहभागितामा पर्यटनलाई विकास गर्न सके प्रभावकारी हुने विचार राखेका थिए । साहसिक पर्वतारोहीको आकार्षक गन्तब्यका रुपमा प्रचारप्रसार गर्नुपर्ने उनको धारणा थियो । 
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हिमाल आरोहणका लागि पूर्वाधार बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । पहारीले सहकार्य गर्नुपर्ने निकायहरु आ–आफ्नो तालमा हिड्दा यहाँको पर्यटन प्रवद्धन प्रभावकारी हुन नसकेको बताए । 
टान गण्डकीका अध्यक्ष कृष्णप्रसा आचार्यले हिमाल आरोहण दिवसलाई टानले निरन्तर रुपमा मनाउदै आएको जानकारी दिए । नेपालमा नेचर, कल्चर र एडभेन्चरको हो । यो मध्य पोखराले बेच्ने भनेको हिमाल नै हो । टानले नयाँ–नयाँ गन्तब्य खोजी गर्ने काम पनि गरिरहेको आचार्यले बताए ।  
नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरुङले १ सय ३३ वटा हिमालहरु गण्डकी प्रदेशमा अभिलेखिकरण भएको जानकारी दिए ।  ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल मध्य ८ वटा नेपाल र ३ वटा गण्डकी प्रदेशमा पर्छन । तर हिमाल आरोण गर्नेको संख्या निकै कम रहेको भन्दै उनले यी हिमालहरु प्रवद्धन हुनुपर्ने बताए । 
टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले अन्नपूर्ण चक्रिय पदमार्ग मासिदै गएको र यसको विकल्पमा धवलागिरि पदमार्गलाई विकास गर्न सकिने सम्भावना औल्याए । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending