काठमाडौं । नेपाल प्रेस काउन्सिलको ५५ वर्षको इतिहासमा एकजना पनि दलितको सहभागिता हुन नसकेको औंल्याइएको छ। नेपाल प्रेस काउन्सिलद्वारा आयोजित ‘आम सञ्चारमाध्यममा दलित सरोकार’ विषयक कार्यक्रममा वक्ताहरूले यस्तो औंल्याएका हुन्।
काउन्सिल समितिमा हालसम्म दुई सय २० जना सहभागी भइसक्दा एउटा पनि दलितको उपस्थिति हुन नसकेको अधिकारकर्मी मेगेन्द्र विश्वकर्माले बताए। यसका साथै मिडिया सञ्चालन तथा नियमन निकायमा एउटा पनि दलित समुदायको उपस्थिति नहुनु विडम्बना रहेको उनको भनाइ छ।
त्यसैगरी न्यूतम पारिश्रमिक समिति, सूचना आयोग, सूचना विभाग, नेपाल टेलिजिभन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र गोरखापत्रको कार्यसमितिमा दलितको उपस्थिति नभएको पाइएको छ। यीसहित सरकारी सञ्चारमाध्यमसहित अन्य निकायमा पनि दलितको उपस्थिति न्यून रहेको उनले औंल्याए। अन्य सञ्चारमाध्यममा पनि अति न्यून रहेको तथ्यांक प्रस्तुत गरेका छन्।
सञ्चारमाध्यममा दलित समुदायको भौतिक उपस्थिति र दलितका मुद्दाको स्थान दुवै आवश्यक भएको वक्ताहरूले औंल्याए। नेपालको संविधान, आमसञ्चार नीति २०७३ ले आमसञ्चार नीतिले समावेशी मिडियाको व्यवस्था गरेको भए पनि व्यवहारमा त्यो रूपमा हुन नसकेको सहभागीहरूले औंल्याए।
सो क्रममा क्रियाशील दलित पत्रकार संघ नेपालकी अध्यक्ष पवित्रा सुनारले संख्यात्मक रूपमा नेपाली सञ्चारमाध्यमले दलितका मुद्दालाई समावेश गरेको भए पनि मूल कुरामा छिर्न नसकेको बताइन्। नेपाली मिडियालाई दलितका मुद्दा समेट्न बाध्यकारी नीतिगत व्यवस्था हुनुपर्ने र दलितका मुद्दालाई अत्यधिक समेट्ने मिडियालाई सरकारले पुरस्कृत तथा प्रवर्द्धन गर्नुपर्ने सुझाइन्।
सोही क्रममा प्रस्तुति दिँदै युवा मासिकका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले दलित समुदायको मिडियामा भौतिक र मुद्दा दुवैको उपस्थिति हुन सकेमा समावेशी राज्यको चरित्र लागु हुने बताए।
पत्रकार महासंघका उपाध्यक्ष दीपक आचार्यले मिडियामा दलितको आवाज आउन सकेमा समाज र सरकारलाई सजग बनाउने उनका भनाइ छ। नेपाल पे्रस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले व्यवस्थित पत्रकारिता र न्यायपूर्ण समाजका लागि काउन्सिलले छलफल र सुझाव ग्रहण गरेको बताए। अहिलेको सन्दर्भमा निर्माणमुखी पत्रकारिताको अभ्यासबाट दलित समुदायका मुद्दालाई उठान सम्भव देखिएको बताए।
‘अहिलेको परिस्थतिलाई सम्बोधन गर्न कन्सर्टक्टिभ जर्नालिजमका विषयमा काउन्सिलले तालिम दिइरहेको छ’, उनले भने।
पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेलले दलित समुदायको समावेशिताका लागि भइरहेको अभ्यासलाई सकारात्मक रूपमा लिएर अघि बढ्न आवश्यक रहेको बताए। ‘दलित समुदायको मुद्दा दलितको मात्र नभएर हामी सबैको भएकाले यो मुद्दामा हामीले बोल्नुपर्छ’, उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: