Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

प्रधानमन्त्री न्यूर्योक भ्रमणमा अन्योल, शिर्ष नेताहरुसँग छलफल हुँदै

\"Koiralaकाठमाडौं । नयाँ संविधान जारी भएपछि पनि आन्दोलनरत दललाई सहमतिमा ल्याउने दबावमा परेका प्रधानमन्त्री सुशील कोइरालाको न्यूयोर्क भ्रमण अन्योलमा परेको छ । विदेश भ्रमणमा जाने की स्वदेशमै बसेर समस्या समाधानको पहल गर्ने भन्ने दोधारमा परेका कोइरालाले बुधबार विहान प्रमुख दलका नेताहरुसँग परामर्श गर्दैछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन कोइराला १८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बुधबार अपरान्ह पाँच बजे न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम तय भैसकेको छ । तर, मंगलबार राति बालुवाटरमा बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकमा विदेश नजाने मत बलियो बनेपछि कोइरालाको न्यूयोर्क भ्रमण अन्योलमा परेको हो । प्रधानमन्त्रीका एक सहयोगीले भने, ‘अहिले विदेश जानुभन्दा घर झगडा नै मिलाउनु राम्रो हुन्छ भन्ने सुझाव आएको छ । अर्कोतिर नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउनका लागि जाँदा ठीक हुन्छ भन्ने कुरा पनि आएको छ । के गर्ने भन्ने कुरा आजको छलफलबाट टुंगो लाग्छ ।’ मंगलबार साँझ साढे ६ बजेदेखि राति साढे १० बजेसम्म बसेको कांग्रेस, एमाले र एमाओवादी नेताहरुको बैठकले मधेसी मोर्चा लगायत असन्तुष्ट दलहरुसँग गम्भीरताका साथ वार्ता गरी समस्या समाधानको पहल गर्ने निर्णय गरेको थियो । वार्ताको समन्वय गर्ने जिम्मा वनमन्त्री महेश आचार्यलाई जिम्मा दिएको थियो । मंगलबार विहान वनमन्त्री आचार्यकै पहलमा प्रधानमन्त्री कोइराला तमलोपाको पार्टी कार्यालय बिजुलीबजारमै गएर तमलोपाका नेताहरुसँग छलफल गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending