Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

पाँच वर्षदेखि अधुरै रह्यो विराटनगर भन्सारको राजस्व लक्ष्य

खबरडबली संवाददाता

विराटनगर । कुनै समय विराटनगर भन्सार पूर्वी नेपालकै व्यस्त कार्यालय मानिन्थ्यो । आयात–निर्यातको चापले सधैंजसो गुल्जार रहने यो भन्सार दशकयता सुस्त र सुनसान बन्दै गएको छ । बर्सेनि घट्दो आयातका कारण पाँच वर्षदेखि सरकारले तोकेको राजस्व लक्ष्यसमेत पूरा गर्न सकेको छैन ।

‘पाँच वर्षयता लक्ष्य पूरा गर्नै सकेका छैनौं,’ प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ भन्छन्, ‘अहिलेको अवस्था लगभग सुनसान नै हो भन्नुपर्छ ।’ आर्थिक वर्ष २०७६/७७ देखि विराटनगर भन्सारको राजस्व संकलन ओरालो लाग्न थालेको हो । उक्त वर्ष ४९ अर्ब ६४ करोड ६० लाख रुपैयाँभन्दा बढी राजस्व संकलनको लक्ष्य तोकिएको थियो । तर २९ अर्ब ३१ लाख रुपैयाँ मात्रै संकलन भयो, जुन लक्ष्यको ५९ दशमलव ६७ प्रतिशत मात्र हो ।

लक्ष्यअनुसार संकलन हुन नसकेपछि सरकारले आर्थिक वर्ष २०७७/७८ मा राजस्व लक्ष्य घटाएर ४६ अर्ब १४ करोड ९५ लाखमा झार्‍यो । तर त्यो वर्ष पनि लक्ष्य पूरा हुन सकेन । करिब ४० अर्ब ४१ करोड रुपैयाँ मात्र उठ्यो । यद्यपि अघिल्लो वर्षको तुलनामा संकलन दर केही सुधारिएर ८८ दशमलव ४५ प्रतिशत पुगेको थियो । अघिल्लो वर्ष अपेक्षाकृत राजस्व संकलन भएपछि आर्थिक वर्ष २०७८/७९ मा सरकारले लक्ष्य बढाएर ४९ अर्ब ६५ करोड रुपैयाँभन्दा माथि पुर्‍यायो । तर त्यस वर्ष पनि करिब ४० अर्ब ४२ करोड रुपैयाँ मात्र संकलन भयो, जुन अघिल्लो वर्षको तुलनामा घट्दो थियो । त्यो वर्ष ८१ दशमलव ४९ प्रतिशतमा सीमित रह्यो ।

त्यसपछि आर्थिक वर्ष २०७९/८० मा झन् हौसिएर ६० अर्ब ३५ लाख रुपैयाँभन्दा बढी राजस्व लक्ष्य तय गरियो । तर कोभिड–१९ महामारीपछिको चरम आर्थिक मन्दीले राजस्व संकलनमा प्रत्यक्ष असर पार्‍यो । नतिजास्वरूप सो वर्ष लक्ष्यको आधा मात्र अर्थात् करिब ३३ अर्ब १३ करोड रुपैयाँ संकलन हुन सक्यो । अन्ततः आर्थिक वर्ष २०८०र८१ मा लक्ष्य पुनः घटाएर ५० अर्ब ८१ करोडमा झारिएको थियो ।

तर त्यस वर्ष पनि संकलन ३० अर्ब ३४ करोड रुपैयाँमै सीमित भयो । चालु आर्थिक वर्षमा पनि लक्ष्यअनुसार राजस्व संकलन हुनेमा प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ विश्वस्त देखिँदैनन् । यस वर्षको कुल राजस्व लक्ष्य ४१ अर्ब ५५ करोड रुपैयाँ तोकिएको छ । तर वैशाख मसान्तसम्ममा करिब २७ अर्ब ४० करोड रुपैयाँ मात्र संकलन भएको छ ।

‘अब बाँकी दुई महिनामा लक्षित राजस्व संकलन गर्न निकै गाह्रो छ,’ श्रेष्ठ निराश भावमा भन्छन्, ‘यो वर्ष पनि ८० प्रतिशत पुर्‍याउन हम्मे पर्ने देखिन्छ ।’ भारतसँगको खुला सीमाबाट हुने अवैध कारोबारका कारण विराटनगर भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न वर्षौंदेखि कठिनाइ भोगिरहेको एक भन्सार अधिकारी बताउँछन् । ‘तस्करीले विराटनगर भन्सारको राजस्व संकलनमा गहिरो असर पारेको छ,’ ती अधिकारी भन्छन्, ‘तस्करी नियन्त्रण नभएसम्म राजस्व असुली लक्ष्य पूरा हुने सम्भावना देखिँदैन ।’

नेपाल–भारत खुला सीमाका कारण सीमा क्षेत्रमा भन्सार छली गरी गैरकानुनी रूपमा सामान निकासी तथा पैठारी गर्ने गतिविधि रोकिएको छैन । झापादेखि सुनसरीसम्म करिब ४ सय किलोमिटर बढी खुला सीमा छ । जसकारण पनि अवैध कारोबार मौलाएको छ । वैकल्पिक मार्गहरूबाट व्यापारिक सामानदेखि मदिरा, लत्ताकपडा, इलेक्ट्रोनिक सामग्री, मोटरसाइकल पाटर््सलगायत सामग्री बिनाबिल र दस्तुर भन्सार छलेर दुवै तस्करी हुँदै आएको छ ।

यही समस्यालाई ध्यानमा राख्दै गृहमन्त्री रमेश लेखकले हालै विराटनगरमा आयोजित कोशी सुरक्षा गोष्ठीमा एक महिनाभित्र तस्करी नियन्त्रणको नतिजा ‘देखिने गरी’ काम गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

तर उद्योगी–व्यवसायी भने तस्करी अझै पूर्णरूपमा नरोकिएको बताउँदै आएका छन् । उनीहरूका अनुसार तस्करीका कारण वैध व्यापार प्रभावित हुँदा समग्र अर्थतन्त्रमै प्रत्यक्ष असर पुग्ने गरेको छ । विराटनगरका उद्योगी–व्यवसायीले गृहमन्त्री लेखक र कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीलाई भेटेर तस्करी तत्काल नियन्त्रण नभए थप समस्या निम्तिने चेतावनी दिँदै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending