Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

पाँच वर्षदेखि अधुरै रह्यो विराटनगर भन्सारको राजस्व लक्ष्य

खबरडबली संवाददाता

विराटनगर । कुनै समय विराटनगर भन्सार पूर्वी नेपालकै व्यस्त कार्यालय मानिन्थ्यो । आयात–निर्यातको चापले सधैंजसो गुल्जार रहने यो भन्सार दशकयता सुस्त र सुनसान बन्दै गएको छ । बर्सेनि घट्दो आयातका कारण पाँच वर्षदेखि सरकारले तोकेको राजस्व लक्ष्यसमेत पूरा गर्न सकेको छैन ।

‘पाँच वर्षयता लक्ष्य पूरा गर्नै सकेका छैनौं,’ प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ भन्छन्, ‘अहिलेको अवस्था लगभग सुनसान नै हो भन्नुपर्छ ।’ आर्थिक वर्ष २०७६/७७ देखि विराटनगर भन्सारको राजस्व संकलन ओरालो लाग्न थालेको हो । उक्त वर्ष ४९ अर्ब ६४ करोड ६० लाख रुपैयाँभन्दा बढी राजस्व संकलनको लक्ष्य तोकिएको थियो । तर २९ अर्ब ३१ लाख रुपैयाँ मात्रै संकलन भयो, जुन लक्ष्यको ५९ दशमलव ६७ प्रतिशत मात्र हो ।

लक्ष्यअनुसार संकलन हुन नसकेपछि सरकारले आर्थिक वर्ष २०७७/७८ मा राजस्व लक्ष्य घटाएर ४६ अर्ब १४ करोड ९५ लाखमा झार्‍यो । तर त्यो वर्ष पनि लक्ष्य पूरा हुन सकेन । करिब ४० अर्ब ४१ करोड रुपैयाँ मात्र उठ्यो । यद्यपि अघिल्लो वर्षको तुलनामा संकलन दर केही सुधारिएर ८८ दशमलव ४५ प्रतिशत पुगेको थियो । अघिल्लो वर्ष अपेक्षाकृत राजस्व संकलन भएपछि आर्थिक वर्ष २०७८/७९ मा सरकारले लक्ष्य बढाएर ४९ अर्ब ६५ करोड रुपैयाँभन्दा माथि पुर्‍यायो । तर त्यस वर्ष पनि करिब ४० अर्ब ४२ करोड रुपैयाँ मात्र संकलन भयो, जुन अघिल्लो वर्षको तुलनामा घट्दो थियो । त्यो वर्ष ८१ दशमलव ४९ प्रतिशतमा सीमित रह्यो ।

त्यसपछि आर्थिक वर्ष २०७९/८० मा झन् हौसिएर ६० अर्ब ३५ लाख रुपैयाँभन्दा बढी राजस्व लक्ष्य तय गरियो । तर कोभिड–१९ महामारीपछिको चरम आर्थिक मन्दीले राजस्व संकलनमा प्रत्यक्ष असर पार्‍यो । नतिजास्वरूप सो वर्ष लक्ष्यको आधा मात्र अर्थात् करिब ३३ अर्ब १३ करोड रुपैयाँ संकलन हुन सक्यो । अन्ततः आर्थिक वर्ष २०८०र८१ मा लक्ष्य पुनः घटाएर ५० अर्ब ८१ करोडमा झारिएको थियो ।

तर त्यस वर्ष पनि संकलन ३० अर्ब ३४ करोड रुपैयाँमै सीमित भयो । चालु आर्थिक वर्षमा पनि लक्ष्यअनुसार राजस्व संकलन हुनेमा प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ विश्वस्त देखिँदैनन् । यस वर्षको कुल राजस्व लक्ष्य ४१ अर्ब ५५ करोड रुपैयाँ तोकिएको छ । तर वैशाख मसान्तसम्ममा करिब २७ अर्ब ४० करोड रुपैयाँ मात्र संकलन भएको छ ।

‘अब बाँकी दुई महिनामा लक्षित राजस्व संकलन गर्न निकै गाह्रो छ,’ श्रेष्ठ निराश भावमा भन्छन्, ‘यो वर्ष पनि ८० प्रतिशत पुर्‍याउन हम्मे पर्ने देखिन्छ ।’ भारतसँगको खुला सीमाबाट हुने अवैध कारोबारका कारण विराटनगर भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न वर्षौंदेखि कठिनाइ भोगिरहेको एक भन्सार अधिकारी बताउँछन् । ‘तस्करीले विराटनगर भन्सारको राजस्व संकलनमा गहिरो असर पारेको छ,’ ती अधिकारी भन्छन्, ‘तस्करी नियन्त्रण नभएसम्म राजस्व असुली लक्ष्य पूरा हुने सम्भावना देखिँदैन ।’

नेपाल–भारत खुला सीमाका कारण सीमा क्षेत्रमा भन्सार छली गरी गैरकानुनी रूपमा सामान निकासी तथा पैठारी गर्ने गतिविधि रोकिएको छैन । झापादेखि सुनसरीसम्म करिब ४ सय किलोमिटर बढी खुला सीमा छ । जसकारण पनि अवैध कारोबार मौलाएको छ । वैकल्पिक मार्गहरूबाट व्यापारिक सामानदेखि मदिरा, लत्ताकपडा, इलेक्ट्रोनिक सामग्री, मोटरसाइकल पाटर््सलगायत सामग्री बिनाबिल र दस्तुर भन्सार छलेर दुवै तस्करी हुँदै आएको छ ।

यही समस्यालाई ध्यानमा राख्दै गृहमन्त्री रमेश लेखकले हालै विराटनगरमा आयोजित कोशी सुरक्षा गोष्ठीमा एक महिनाभित्र तस्करी नियन्त्रणको नतिजा ‘देखिने गरी’ काम गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

तर उद्योगी–व्यवसायी भने तस्करी अझै पूर्णरूपमा नरोकिएको बताउँदै आएका छन् । उनीहरूका अनुसार तस्करीका कारण वैध व्यापार प्रभावित हुँदा समग्र अर्थतन्त्रमै प्रत्यक्ष असर पुग्ने गरेको छ । विराटनगरका उद्योगी–व्यवसायीले गृहमन्त्री लेखक र कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीलाई भेटेर तस्करी तत्काल नियन्त्रण नभए थप समस्या निम्तिने चेतावनी दिँदै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending