Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

खबरडबली संवाददाता

बाँके । सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरमा पहिलो शाखा निर्माणको काम सुरु गरिएको छ । राप्ती सोनारी गाउँपालिका ४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको हो ।

पूर्वी मूल नहरमा पानी चलेपनि आयोजना कार्यालयले आफ्नै शाखा नबनाएको जनाउँदै अहिले पहिलो नयाँ शाखा निर्माण गर्न सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले बताए । 

उनले स्थानीयले यसअघि ‘राजकुलो’ मा सिक्टाको पानी खसालेर खेतबारीमा सिँचाइ गर्दै आएको जनाउँदै अब पूर्वी मूल नहरमा पहिलो नयाँ शाखा निर्माण गर्न लागिएको बताए । सबैको सहयोगले गर्दा पूर्वी मूल नहरमा पहिलो शाखा नहर निर्माणको चरणमा आईपुगेको जनाउँदै आयोजना प्रमुख आचार्यले छिट्टै सो शाखा निर्माण पुरा हुने पनि बताए । 

सिक्टा सिँचाइ आयोजनाका इन्जिनियिर विनेश श्रेष्ठका अनुसार गुरुयोजना अनुसार उक्त शाखा नहरको लम्बाई चार किलोमिटर रहनेछ । शाखा नहरको १.४ किमीबाट प्र–शाखा नहर निर्माण गरिने र शाखामा तीन वटा जति प्र–शाखा नहर रहनेछ । शाखा नहर निर्माणको जिम्मा पि.एस. निर्माण सेवाले पाएको छ । यसका लागि पाँच करोड ७९ लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको आयोजनाले जनाएको छ ।

शाखा नहरबाट ६७० हेक्टर क्षेत्रमा सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाका इन्जिनियिर श्रेष्ठले बताए । शाखा नहरबाट सतह सिँचाइ गर्न नसक्ने क्षेत्रमा पानी पुर्याउन लिफ्ट सिँचाइको वैकल्पिक व्यवस्था गर्न लागिएको आयोजना कार्यालयले जनाएको छ ।

लिफ्ट सिँचाइका लागि पनि साढे पाँच करोड रुपियाँमा ठेक्का लागेको इन्जिनियर श्रेष्ठले बताए । सतहबाट नभेटेको क्षेत्रमा सिँचाइको व्यवस्था मिलाउन लिफ्ट सिँचाइ बनाउन लागिएको आयोजनाले जनाएको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा पहिलो शाखा निर्माण सुरु गरेकोमा किसानहरु उत्साहित बनेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: