डोटी। डोटीको सायल गाउँपालिका–५ का किसान लालबहादुर देउवाले चार वर्ष पहिले दुई सय २५ बोट ओखर लगाए । दाँते ओखरको व्यावसायिक खेती गर्ने उद्देश्यका साथ किसानीमा लागेका लालबहादुर ओखरको पहिलो फसलमै निराश भए । दाँते ओखर भनी लगाएका बोटमा हाडे ओखर फल्न सुरु भएपछि उनी आत्तिए ।
लालबहादुरले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरेका थिए । ‘बिउको चुच्चो घोटेर लाउनु भन्नु भएको थियो कृषि प्राविधिकले, तर के पो बिग्रियो’ लालबहादुर भन्छन् ‘केही बोटहरू बाहेक अधिकांश हाडे निस्किए ।’
गत वर्ष उनले आफ्नो समस्या कृषि ज्ञान केन्द्रमा राखे । ज्ञान केन्द्रले उनलाई टप वर्किङ्गको विषयमा जानकारी दियो । परीक्षणको रूपमा गत वर्ष केही बोटहरूमा टप वर्किङ्ग गरियो पनि, तर ढिलो भएका कारण त्यति सफल हुन सकेन ।
‘यस वर्ष ज्ञान केन्द्रले समयमै टप वर्किङ्ग गर्यो, सबै हाँगाहरू पलाएका छन्’ उत्साहित हुँदै लालबहादुर भन्छन् ‘अब मेरो ओखर खेती गर्ने सपना पूरा हुन्छ ।’ उनको बारीका करिब ५० बोटमा यस पटक टप वर्किङ्ग गरेको थियो । लालबहादुर आफू मात्रै नभएर अन्य किसानहरूको बारीमा गरिएको टप वर्किङ्ग पनि सफल भएको बताउँछन् ।
हाडे ओखरलाई दाँते ओखर बनाउने उद्देश्यका साथ ज्ञान केन्द्रले ओखरका बोटहरूमा टप वर्किङ्ग (कलमी) गर्ने प्रविधि प्रयोग गरेको थियो । ‘हामीले गत वर्षनै टप वर्किङ्ग प्रविधि सुरु गरेका थियौँ, तर अलि ढिलो भएको हुँदा त्यति सफलता प्राप्त हुन सकेन’ ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले भने ‘यस वर्ष बेलैमा टप वर्किङ्गको कार्य गर्दा सफलता प्राप्त भएको छ ।’
गत फागुन ४ गतेदेखि १५ गते सम्म डोटीमा ओखरका एक सय १७ बोटमा टप वर्किङ्ग गरिएको र तीमध्ये अधिकांश बोटहरूमा सफल भएको अवस्थीले जानकारी दिए ।
उनका अनुसार सायल गाउँपालिकामा ५०, आदर्श गाउँपालिकामा ३५, पूर्वीचौकी गाउँपालिकामा १५, जोरायल गाउँपालिकामा १० जोरायल र के आई सिंह गाउँपालिकामा ७ बोटमा टप वर्किङ्ग गरिएको थियो ।
‘टप वर्किङ्ग गरिएका हाँगाहरू पलाउनु भनेको प्रविधि सफल हुनु हो’ ज्ञान केन्द्रका प्रमुख अवस्थी भन्छन् ‘यसले फल लाग्ने ग्यारेन्टी भयो ।’ गत वर्ष परीक्षणको रूपमा ३२ बोटमा टप वर्किङ्ग गरिएकोमा २०–२५ प्रतिशत मात्र सफल भएको उनले जानकारी दिए । उनले थपे ‘यस वर्ष ७०–८० प्रतिशत सफल भएको पाइएको छ ।’
के हो टप वर्किङ्ग प्रविधि ?
टप वर्किङ्ग अर्थात् कलमी प्रविधि फल्न लागेका रुखमा गरिने प्रविधि हो । रुखको टुप्पो काटेर त्यसमा त्यसमा अर्को जातको फलको हाङ्गाँ रोप्ने गरिन्छ ।
ज्ञान केन्द्र प्रमुख अवस्थीका अनुसार हाडे ओखरको रुखको टुप्पो काटेर दाँते ओखर लगाइएको हो । दक्ष तालिम प्राप्त प्राविधिकहरूद्वारा टप वर्किङ्ग गरिने अवस्थीले बताए । उनले थपे ‘रुखमा नयाँ पालुवा आउनु भन्दा १÷२ हप्ताअघि टप वर्किङ्ग गर्दा सफल हुने सम्भावना अधिक रहन्छ ।’
उनले यसअघि डोटीमा मेलको रुखमा टप वर्किङ्ग गरि नासपाती रोपिएको जानकारी दिए । मेलमा नासपाती फलाउने प्रविधि सफल भएपछि ओखरमा परीक्षण गरिएको उनको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: