Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

भारतको सात बुँदे संविधान संशोधनको शर्तलाई वलीको कडा जवाफ

\"kpकाठमाडौं । नेपालको संविधान जारी भए सँगै असन्तुष्ट बनेको भारतले नेपालको संविधानमा संशोधन गर्नु पर्ने भन्दै सात बुँदे शर्त अघि सारे पछि एमाले अध्यक्ष केपी शर्मा वलीले त्यसको कडा जवाफ दिएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भारतलाई कडा जवाफ दिएका हुनस । घोषणा भएको नयाँ संविधान नेपालीका लागि बनाएको भन्दै ओलीले यसलाई लिएर कसैले टाउको दुखाउनुभन्दा फराकिलो छाति बनाएर स्वागत गर्न भारतलाई सुझाव दिएका छन् । एमाले अध्यक्ष ओलीले सानो देश र संक्रमणकालमा छ भन्दैमा पेल्न नपाइने बताए । नागरिकताको अंगीकृत प्रावधान र राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीसहितका पदमा वंशजका नागरिक मात्र हुन सक्ने व्यवस्था हटाउनुपर्ने भारतको शर्तलाई अस्विकार गर्दै उनले भने – आज अंगीकृत नागरिकता लिएर भोलि नै राष्ट्रपति, मुख्यमन्त्री हुनुपर्ने किन ? ओलीले जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण सम्भव नभएको बताए । त्यसो गर्ने हो भने कर्णालीमा एउटा निर्वाचन क्षेत्र पनि नहरने भन्दै ओलीले प्रश्न गरे(के कर्णालीका जनता, जनता होइनन् ? उनले हाल कायम जिल्लाको भूगोलमा कम्तिमा एक निर्वाचन क्षेत्र रहने गरी बाँकी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने बताए । समानुपातिक समावेशीलाई सामाजिक न्यायको सिद्धान्तमा राखिने भन्दै ओलीले भने, अन्यत्र थप्नुपर्ने भए हामी हाम्रा जनतासँग छलफल र सम्वाद गर्छौं  यसमा भारतले टाउको दुखाउनु जरुरी छैन । उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending