जेनेभा । सुडानमा सन् २०२३ देखि जारी सशस्त्र द्वन्द्वका कारण हालसम्म चार लाखभन्दा बढी नागरिकले देश छाडिसकेका संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जानकारी गराएको छ । उक्त सङ्ख्यालाई संस्थाले ‘विनाशकारी मोड’ को रूपमा उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसीआर) का अनुसार, यदि द्वन्द्व यथावत् रह्यो भने नागरिकहरूको पलायन अझै तीव्र हुने सम्भावना छ, जसले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थायित्वमा गम्भीर असर पार्न सक्छ ।
सुडानको नियमित सेना र अर्धसैनिक ‘तीव्र सहायता बल’ (आरएसएफ) बिच सन् २०२३ को वैशाखदेखि सत्ताका लागि हिंसात्मक संघर्ष जारी छ । यो युद्धले हजारौं नागरिकको ज्यान लिएको छ र यो अहिले विश्वकै सबैभन्दा ठुलो भोकमरी तथा विस्थापन संकटको रूपमा विकसित भएको छ ।
शरणार्थी निकायकी प्रवक्ता यूजिन ब्युनेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, “सुडानमा युद्ध सुरु भएदेखि अहिले तेस्रो वर्ष चलिरहेकाबेला चार लाखभन्दा बढी नागरिक छिमेकी मुलुकहरूतर्फ पलायन भइसकेका छन् । यो अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक हो ।”
उनले थप भने,“यदि यो द्वन्द्व रोकिएन भने, अझै हजारौं व्यक्तिहरू विस्थापित हुनेछन्, जसले समग्र क्षेत्रीय शान्ति र सुरक्षा अस्थिर बनाउन सक्छ ।” संस्थाले हालसम्मको तथ्याङ्क सार्वजनिक गर्दै सोमबारसम्म चालिस लाख तीन हजार ३८५ जनाले सुडान छाडिसकेको जानकारी दिएको छ । तीमध्ये १५ लाखले इजिप्ट, ११ लाखभन्दा बढीले दक्षिण सुडान (जसमा आठ लाखजति पहिल्यै सुडानमा शरणार्थी थिए) र आठ लाख ५० हजारले चाड पुगेका छन् ।
पूर्वी चाडमा मानवीय अवस्था झनै गम्भीर बन्दै गएको युएनएचसीआरले जनाएको छ । चाडले द्वन्द्वपूर्व नै चार लाखभन्दा बढी सुडानी शरणार्थीको संरक्षण गरिरहेकोमा हाल यो सङ्ख्या १२ लाख नाघिसकेको छ, जसले चाड सरकारको क्षमता नै संकटमा पारेको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि डोसु पाट्रिस अहोआन्सुले चाडको पूर्वी भूभाग अम्जारासबाट जानकारी दिँदै भने,“धेरैजसो नागरिकहरू हिंसाबाट त्रसित भएर भागिरहेका छन् । उनीहरूले बन्दुकधारी समूहको नियन्त्रण, लुटपाट र जबर्जस्ती जाँच नाकाहरू पार गर्दै सीमापारी प्रवेश गरिरहेका छन् ।”
“विस्थापित नागरिकहरूको अवस्था अत्यन्तै दयनीय छ । बसोबासको सुविधा छैन, चरम गर्मी, असुरक्षा र खानेपानीको अभावले उनीहरूको जीवन जोखिममा परेको छ ।”
अन्ततः संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायलाई सुडानमा भइरहेका गम्भीर मानवअधिकार उल्लङ्घनहरू पहिचान गर्न र तुरुन्तै सहायता पुर्याउन आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: