Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

टर्कीएमा विपक्षी दलका पाँच जना नगरप्रमुख पक्राउ

खबरडबली संवाददाता

इस्तानबुल । टर्कीएको प्रहरीले बुधबार बिहान पाँच विपक्षी नगरप्रमुखसहित १७ जनालाई पक्राउ गरेको छ । विपक्षी दल सीएचपीको नियन्त्रणमा रहेका नगरपालिकाहरूमा भ्रष्टाचारको आरोपको अनुसन्धानको क्रममा उनिहरूलाई पक्राउ गरिएको हो ।

इस्तानबुलका एक पूर्व सांसद र तीन जना सीएचपी मेयर तथा दक्षिणी प्रान्त अदानामा थप दुई जनालाई लक्षित गरी पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताएका छन् । राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी इस्तानबुलका मेयर एकरेम इमामोग्लुसहित जेलमा रहेका सीएचपीका मेयरको संख्या नौ पुगेको छ ।

इस्तानबुलमा केन्द्रित चार वटा छुट्टाछुट्टै भ्रष्टाचार अनुसन्धानको सिलसिलामा अदालतले ४७ जना नगरपालिका अधिकारीलाई पक्राउ आदेश जारी गरेपछि पछिल्लो अनुसन्धान सुरु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इमामोग्लुलाई मार्च १९ मा पक्राउ गरी जेलमा थुनेपछि टर्कीएमा एक दशकयताकै सबैभन्दा ठूलो सडक प्रदर्शन भएको थियो ।

इमामोग्लुका निजी सचिव र उहाँका निजी सुरक्षा अधिकारीसहित इस्तानबुल सिटी हलमा भएको भ्रष्टाचारसँग सम्बन्धित करिब ७० जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । सीएचपीले इमामोग्लुलाई सन् २०२८ मा हुने राष्ट्रपतीय चुनावमा आफ्नो उम्मेदवारको रूपमा मनोनीत गरेको छ तर उनले चुनावमा भाग लिन पाउँछन् कि पाउँदैन भन्ने कुरा धेरै परीक्षण र अनुसन्धानको भाग्यमा निर्भर गर्दछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending