गाजा । संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको मानवीय सहयोग निकायले वितरण केन्द्रहरूतर्फ जाने सडकलाई लडाइँको क्षेत्र मानिने इजरायली सेनालाई चेतावनी दिँदै गाजाका सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ ।
मङ्गलबार गाजामा इजरायली सेनाले संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको गाजाको ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित एक केन्द्र नजिकै गोली चलाउँदा २७ जनाको मृत्यु भएको थियो । इजरायलले हालै प्यालेस्टिनी क्षेत्रमा नाकाबन्दी गरेपछि गाजाको सम्पूर्ण जनसङ्ख्या अनिकालको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषदले बुधबार गाजामा युद्धविराम र मानवीय पहुँचको आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको छ । जीएचएफले बुधबार आफ्नो नवीकरण, पुनर्गठन र दक्षता सुधारका लागि वितरण केन्द्रहरू बन्द गरिने र बिहीबार पुनः सञ्चालन सुरु गर्ने बताएको छ ।
मङ्गलबार जीएचएफ केन्द्र नजिकै भएको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खाद्यान्न सहायता खोजी रहेका प्यालेस्टिनीहरूको हत्यालाई अस्वीकार्य भन्दै निन्दा गरेको थियो । इजरायली सेनाले नागरिकहरूलाई गोली हानेको आरोप अस्वीकार गर्दै उक्त घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
इजरायलले आफ्नो सेनाले गाजाका मानिसहरूलाई सहायता सङ्कलन गर्नबाट नरोकेको दावी गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकारका प्रमुख भोल्कर टर्कले नागरिकहरूमाथि भएको आक्रमण मानव अधिकारको गम्भीर उल्लङ्घन र युद्ध अपराध भएको उल्लेख गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले निर्दोष गाजावासीहरुले इजरायलको अभूतपूर्व आक्रमणको सामना गरिरहेका बताएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: