काठमाडौँ । नेपली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्ड नियुक्त भएको छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रशिक्षकको आवेदन दिएका विभिन्न देशका २२ जना प्रशिक्षकको सूचीबाट अन्तिममा दुई हुँदै प्याट्रिकलाई नियुक्त गरेको हो ।
प्याट्रिकलाई बिहीबार एन्फाका महासचिव किरण राईले नियुक्ती पत्र प्रदान गरे । प्याट्रिकसँग एन्फाले एक वर्षको सम्झौता गरेको छ ।
प्याट्रिक यसअघि नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्स फुटबल क्लबको प्रशिक्षक थिए । युइएफएबाट प्रो लाइसेन्स प्राप्त प्याट्रिकले प्रमुख प्रशिक्षकको रूपमा राष्ट्रिय टोली सम्हाल्न लागेको भने यो पहिलो पटक हो ।
यसअघि उनले अल्जेरिया र हङ्गेरीको फुटबल टोलीको सहायक प्रशिक्षक सम्हालेको थिए । उनले चीनको यु-२३ महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको मूमिका पनि निर्वाह गरिसकेको छन् ।
उनीसँग विभिन्न क्लब सम्हालेको पनि अनुभव छ । प्याट्रिकको प्रशिक्षणमा नेपालले अब एएफसी महिला एसिया कप छनोट खेल्ने छ ।
छनोटको तयारीका लागि नेपालले हालै थाइल्यान्डसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल दुवै खेलमा पराजित भएको थियो । एसिया कप छनोटको पहिलो चरणका खेलहरू मे ४ तारिखबाट सुरु हुने छ ।
छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् । समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसिया कपमा स्थान बनाउने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १२:४७
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीलाई पाँच दिनभित्र स्थान खाली गर्न दिइ...
आषाढ़ २५ गते, २०८३ - १२:३९
काठमाडौं । सरकारले पुराना तथा हालको संरचनासँग मेल नखाने चारवटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...
आषाढ़ २५ गते, २०८३ - १२:२१
काठमाडौँ। कृषि तथा वन मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।...
आषाढ़ २५ गते, २०८३ - ११:५५
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। तर विपक्षी दलहरूले सभा...
आषाढ़ २५ गते, २०८३ - ११:४३
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएक...
आषाढ़ २५ गते, २०८३ - ११:२७
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला रु २ हजार ४०० र चाँदी प्रतितोला रु १६० ले सस्तिएको हो। नेपाल ...
आषाढ़ २५ गते, २०८३ - ११:१९
काठमाडौं । बाल मन्दिरको जग्गा भाडामा दिइएको विषयसँग सम्बन्धित विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...
आषाढ़ २५ गते, २०८३ - १०:४१
काठमाडौं । राष्ट्रिय सभाले आज चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याक प्रक्रियामार्फत पारित गर्ने तयारी गरेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो ...
आषाढ़ २५ गते, २०८३ - १०:२७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर...
आषाढ़ २५ गते, २०८३ - १०:१४
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षा...



प्रतिकृया लेख्नुहोस्: