Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

जापानको आइस्पेसको चन्द्र अभियान असफल

खबरडबली संवाददाता

टोकियो । शुक्रबार अन्तरिक्ष यानको अवतरण प्रयास विफल भएसँगै चन्द्रमामा पहिलो पटक ‘सकुशल अवतरण’ गर्ने जापानी निजी कम्पनी आइस्पेशको आशामा धक्का लागेको छ । टोकियोस्थित आइस्पेसले चन्द्रमाको सतहमा नियन्त्रित आगमन हासिल गर्ने तेस्रो निजी कम्पनी र संयुक्त राज्य अमेरिका बाहिरको पहिलो कम्पनीको रूपमा इतिहास रच्ने आशा गरेको थियो ।

तर ‘हाल उपलब्ध तथ्याङ्कको आधारमा आइस्पेशको ल्याण्डरले सम्भवतः ‘हार्ड ल्यान्डिङ’ गरेको छ,” जापानी अन्तरिक्ष कार्यक्रम (स्टार्टअप) जनाएको छ । “ल्यान्डरसँगको सम्पर्क पुनःस्थापित हुने सम्भावना कम छ”, आइस्पेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसैले मिसनलाई रद्द गर्ने निर्णय गरिएको छ ।” जापानका लागि अघिल्लो चन्द्र अभियानमा मिलेको असफलताको ठीक दुई वर्षपछि यो असफलता हात लागेको हो । 

कम्पनीको मानवरहित लचिलो अन्तरिक्ष यानले आफ्नो कठिन अन्तिम अवतरण सुरु गरेको थियो । “यसको मुख्य इन्जिनलाई सफलतापूर्वक प्रक्षेपण गरेको थियो,” आईस्पेसले शुक्रबार भनेको छ । मिसन कन्ट्रोलले ल्यान्डरको अवस्था ‘लगभग ठाडो’ भएको पुष्टि गरेको थियो तर त्यसपछि लयाण्डरको मिसन कन्ट्रोलसँगको सम्पर्क टुटेको थियो । 

“प्राविधिक समस्याका कारण ल्यान्डरले चन्द्रमामा अवतरणका लागि आवश्यक गति हासिल गर्न पर्याप्त गति लिन सकेन,” आइस्पेसले भनेको छ । सोभियत सङ्घ, संयुक्त राज्य अमेरिका, चीन, भारत र हालै जापान गरी पाँच राष्ट्रले मात्र चन्द्रमामा सफ्ट ल्यान्डिङ गरेका छन् । अन्तरिक्षमा सस्तो र अधिक बारम्बार पहुँचको प्रतिज्ञा गर्दै आजभोलि निजी कम्पनीहरू यस दौडमा सामेल भइरहेका छन् । 

यात्रामा ‘रेजिलिएन्स ल्याण्डर’मा लक्जमबर्गमा निर्मित माइक्रो रोवर, टेनासियस, हाइड्रोजन र अक्सिजनमा अणुहरू विभाजन गर्ने हाइड्रो इलेक्ट्रोलाइजर र खाद्य उत्पादन प्रयोग गर्ने यन्त्रका साथै अन्तरिक्षको जटिल विकिरण परीक्षण यन्त्रसहितका उपकरणहरू थिए । रोभरले स्वीडेनका कलाकार मिकेल गेनबर्गले डिजाइन गरेको सानो मोडलको घर ‘मुनहाउस’ पनि बोकेको थियो ।

“दोस्रो प्रयास असफल भएको तथ्यलाई म गम्भीरताका साथ लिन्छु”, प्रमुख कार्यकारी अधिकृत ताकेशी हाकामादाले भने, “तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो परिणामलाई भविष्यको अभियानहरूका लागि पाठका रूपमा लिइनेछ ।” उनले अगाडि बढ्ने दृढ इच्छाशक्तिको वर्णन गर्दै थपे, “हामीले के भयो सावधानीपूर्वक विश्लेषण गर्नुपर्दछ ।”

गत वर्ष ह्युस्टनस्थित ‘इन्ट्युटिभ मेशिन’ चन्द्रमामा पुग्ने पहिलो निजी कम्पनी बनेको थियो । यद्यपि यसको मानवरहित ल्यान्डरले अनौठो कोणमा अवतरण गरेको थियो तर यसका बाबजुत परीक्षणहरू पूरा गर्न र फोटोहरू प्रसारण गर्न सफल भएको थियो । वासिङ्टनस्थित आइस्पेसको अमेरिकी शाखाले आयोजना गरेको वाच पार्टीसँगै शुक्रबारको प्रयासअघिको माहोल हर्षोल्लासपूर्ण थियो ।

सम्पर्क हराएपछि आईस्पेस प्रत्यक्ष प्रशारणका उद्घोषकहरूले एक सन्देशसहित हस्ताक्षर गरे जसमा भनिएको थियो, “कहिल्यै चन्द्र खोज नछोड्नुहोस् ।” यस अभियानले चन्द्रमामा माटोका दुई वटा नमूना सङ्कलन गरेर नासालाई पाँच हजार अमेरिकी डलरमा बेच्ने लक्ष्य राखेको थियो ।

नमूनाहरू चन्द्रमामा रहने भएपनि प्रतीकात्मक लेनदेनको उद्देश्य खगोलीय पिण्डहरूमा व्यापारिक गतिविधिलाई अनुमति दिनु पर्दछ भन्ने अमेरिकी अडानलाई बलियो बनाउनको लागि हो । चन्द्रमामा अवतरण गर्नु अत्यन्त चुनौतीपूर्ण छ किनकि अन्तरिक्ष यानले चन्द्रमाको भू-भागमा आफ्नो अवतरणलाई ढिलो गर्न ठीक नियन्त्रित ‘थ्रस्टर बर्निङ’मा भर पर्नुपर्छ ।

चन्द्रमाको दक्षिणी ध्रुवको नजिक रहेको मोन्स माउटन पठार भनिने स्थानमा अवतरण गर्न डिजाइन गरिएको अन्तरिक्षयान एथेनाले सौर्य ऊर्जाबाट चल्ने ब्याट्रीलाई रिचार्ज गर्न नसकेपछि चन्द्रमामा अवतरण गर्ने ‘इन्ट्युटिभ मेशिन’को दोस्रो प्रयास मार्चको अन्त्यमा निराशामा समाप्त भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending