पाकिस्तान । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय बन्द हुँदा पाकिस्तानका विद्यालयहरु बन्द भएका छन् । गर्मी, विषाक्त धुवाँ र असामान्य चिसोका कारण उत्पन्न जोखिमबाट बच्चाहरूलाई जोगाउने उद्देश्यले विद्यालय वन्द गरेको प्रशासनले जनाएको छ ।
गर्मीले मे महिनामा पञ्जाबमा ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) सम्म तापक्रम पुगेकाले धेरै प्रान्तहरूमा विद्यालयको समय कटौती गरी गर्मी बिदा दिइएको हो । पाकिस्तानमा धेरै मौसमी चुनौती रहेकाले विद्यार्थीहरू लामो समयसम्म गर्मी र धुवाँबाट प्रभावित भएको र यसबाट सुरक्षाका लागि विद्यालय बन्द गरिएको लाहोरस्थित शैक्षिक अभियान्ता बेला रजा जामिलले बताए ।
सरकारी तथ्याङ्क अनुसार पाकिस्तानी विद्यालय जाने उमेरका लगभग एक तिहाइ अर्थात् दुई करोड ६० लाखभन्दा बढी बालबालिका विद्यालयको पहँचभन्दा बाहिर छन् । यसैगरी, ६५ प्रतिशत बालबालिकाहरू १० वर्षको उमेरसम्म पनि उपयुक्त सामग्री पढ्न असमर्थ छन् । वायु प्रदूषणका कारण गत बर्ष पनि नोभेम्बरमा दुई हप्ता, गर्मीका कारण मेमा एक हप्ता बिदा दिइएको थियो ।
यो बर्ष जनवरीमा चिसोका कारण तिन हप्ता बिदा भएका थिए भने मेमा गर्मीका कारण दुई हप्ता विद्यालय बन्द रहने छन् । पाकिस्तानको बलुचिस्तान प्रान्तमा मे महिनाको गर्मीले गर्दा तीन वर्षसम्म लगातार गर्मी बिदा गर्नुपर्ने अवस्था निम्त्याएको छ । दक्षिणी सिन्ध प्रान्तमा पनि अभिभावकहरूको बढ्दो मागका बावजुद अधिकारीहरूले गर्मीसँग सम्बन्धित शैक्षिक बन्दको विरोध गरेका छन् ।
“यस्तो मौसममा अविभावकहरू बालबालिकालाई विद्यालय पठाउन गाह्रो मान्ने गरेका छन्,” स्थानीय एक निजी विद्यालयका प्रिन्सिपल सादिक हुसेनले बताए । मौसमी जटिलताले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य प्रभावित भइरहेको अल सिन्ध प्राइभेट स्कुल एन्ड कलेज एसोसिएसनका महासचिव दोस्त मोहम्मद दानिशले बताए ।
शिक्षक, अभिभावक र शिक्षा विज्ञहरू विद्यालय र परीक्षाको समय तालिका तथा बिदाहरूमा पुनर्विचार गर्नुपर्ने बताउँछन् । विश्व बैङ्कका वरिष्ठ शिक्षा विशेषज्ञ इजजा फर्राखले जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावले बालबालिकाको सिक्ने समयलाई असर गरिरहेको बताए । सिन्ध प्रान्तमा विश्व बैङ्कको ऋणबाट वित्त पोषित भई सुविधा सम्पन्न विद्यालयहरू निर्माण भइरहेका छन् ।
यहाँ बालबालिकाहरू मौसमी जटीलताको सामना गर्दै पठन पाठन गर्न सक्छन् । तर पाकिस्तानका अन्य ग्रामीण स्थानहरूमा सन् २०२२ को बाढीबाट विद्यालयहरू क्षतिग्रस्त भएका थिए । ती स्थानमा बालबालिकाहरू विद्यालय भवन बाहिर असुरक्षित रुपमा सिक्न बाध्य छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: