Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

राप्ती लोकमार्ग असार १ गतेसम्म बन्द गरिने

खबरडबली संवाददाता

सल्यान । स्तरवृद्धिको काम छिटो सक्न भन्दै राप्ती लोकमार्ग आठ दिनका लागि बन्द गरिने भएको छ । लोकमार्गअन्तर्गत राम्री–कपुरकोट सडकको  स्तरोन्नति कार्य सञ्चालन हुने भएकाले आइतबारदेखि आगामी असार १ गतेसम्म सवारीसाधनको आवागमन बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेको सूचना अनुसार सो अवधिभर दिउँसोको समयमा दैनिक छ घण्टा सडक बन्द हुने छ । सडक स्तरोन्नतिको जिम्मा पाएको आरडी उज्ज्वल लोकमणी जेभी घोराही दाङले सवारी आवागमन रोक्नका लागि सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालयलाइ अनुरोध गरेको थियो ।

साना सवारीसाधनलाई वैकल्पिक मोटरबाटो प्रयोग गर्न सुझाव दिँदै स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाएको हो । यस अवधिमा सवारी चलाउने चालक तथा सर्वसाधारणले वैकल्पिक मार्गको रूपमा पैयाखोरिया– सातबास– पाखापानी तथा लामिडाँडा–किमुचौर– कपुरकोट सडक प्रयोग गर्नुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण, स्थानीयवासी, सवारी चालक, यातायात व्यवसायी र सरोकारवालाहरूलाई असहज नहोस भन्ने उद्देश्यले पूर्व जानकारीका लागि सूचना सार्वजनिक गरिएको जनाएको छ ।

प्रशासनले सबैलाई सावधानि अपनाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । समयमै गुणस्तरीय सडक निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह पनि गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय गौरवका आयोजना तीन वर्षमा सक्न सुधार आवश्यक : न्यौपाने

तनहुँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ का संयोजक एवम् तनहुँ क्षेत्र नम्बर २ का प्रति...

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।...

दोस्रो चरणमा सत्र लाख सवारी लाइसेन्स छपाइ

बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) को छपाइ सुरु गरेको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र...

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...

सरकारले गर्‍यो सबै राष्ट्रिय स्तरका निजामती र स्वास्थ्य सेवा ट्रेड युनियन खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...

११ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संसद्मा विमति जनाउछौं: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...

दीपेन्द्रको अलराउन्डर वरीयतामा सुधार, बलिङमा सन्दीपको छलाङ

काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...

सगरमाथा आरोहणबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, यो सिजनमा १.१७ अर्ब रुपैयाँ उठ्यो

काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभाग का अनुसार मंगलबारस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending