काठमाडौँ । नेपालमा पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्लास्टिक सर्जरी विभागीय प्रमुख पाडा। जयनमान श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोचोटी सेक्स चेन्ज अपरेसन ९मेल टु फिमेल० सम्पन्न गरिएको जानकारी दिए ।
पाडा। श्रेष्ठले जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा लिङ्ग परिवर्तन शल्यक्रिया गरेको बताए। विदेशी प्लाष्टिक सर्जन डा। अलरिजा हामीदियान जारोमीको नेतृत्वमा प्लास्टिक सर्जरी विभागीय प्रमुख पाडा। जयन मान श्रेष्ठको संयोजकत्वमा ६ घण्टा लगाएर उक्त शल्यक्रिया गरिएको हो ।
डा. श्रेष्ठका अनुसार पुरुषको लिङ्गको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अङ्गको पुनर्निर्माण गरिएको छ। यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
अस्पतालको प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका लिङ्ग पुष्टि गर्ने शल्यक्रिया गरेको उनको भनाइ छ । यो शल्यक्रिया गर्न विदेश जानुपर्ने बाध्यताका कारण धेरै खर्चिलो थियो ।
नेपालमै यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई धेरै राहत मिल्ने डा। श्रेष्ठको विश्वास छ । डा. श्रेष्ठका अनुसार अस्पतालमा उक्त शल्यक्रिया डेढ लाखदेखि दुई लाख खर्चमा गर्न सकिने डा। श्रेष्ठको भनाइ छ । अस्पतालका प्लाष्टिक सर्जन प्राडा। ईश्वर लोहानीले अबदेखि अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यी सेवाहरु सुचारु गर्ने जानकारी दिए ।
उनी भन्छन्, ‘कुनै पनि सेवा पहिलोपटक सुरु गर्नु ठुलो कुरा होइन । यो सेवालाई निरन्तरता दिने कुरा हो । सोही कुरालाई मध्यनजर गर्दै अस्पतालले यो सम्बन्धी ठुलो टिम बनाएर जेन्डर एफर्मिङ क्लिनिक स्थापना गरेर सेवा दिने सोच बनाएका छौँ ।’
लिङ्ग परिवर्तन शल्यक्रिया ट्रान्सजेन्डर व्यक्तिको लागि आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्ने एक महत्वपूर्ण उपायमध्ये एक हो । धेरै ट्रान्सजेन्डरले यो शल्यक्रिया गर्ने जरुरी नठाने पनि केही ट्रान्सजेन्डरले शल्यक्रियापछि आफू सम्पूर्ण रुपमा परिवर्तित लैङ्गिक पहिचानको पाएको महशुस गर्ने विश्वास गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...
मंसिर २४ गते, २०८२ - १४:२६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...
मंसिर २४ गते, २०८२ - १४:१०
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश...
मंसिर २४ गते, २०८२ - १४:०१
पेरिस। सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको ता...
मंसिर २४ गते, २०८२ - १३:४१
पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस...
मंसिर २४ गते, २०८२ - १३:३१
काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’...
मंसिर २४ गते, २०८२ - १३:१५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध राखेर काम नगरेको स्पष्ट बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजद्व...




प्रतिकृया लेख्नुहोस्: