तेहरान । इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ताको नयाँ चरण आइतबारका लागि योजना बनाइरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता बिहीबार हुने अपेक्षा गरेको बताएपछि इरानको यस्तो भनाइ आएको हो ।
“इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण अर्को आइतबार मस्कटमा आयोजना गरिएको छ”, विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मङ्गलबार एक विज्ञप्तिमा भने । उनका अनुसार विदेशमन्त्री एवं मुख्य वार्ताकार अब्बास अराघचीले यस हप्ता नर्वेको ओस्लो फोरममा भाग लिनुहुने बताए । ओस्लो फोरम द्वन्द्व मध्यस्थकर्ताको भेला हो ।
इरान र संयुक्त राज्य अमेरिकाले अप्रिलदेखि पाँच चरणको वार्ता गरेका छन् । यी वार्ताले सन् २०१५ को मुख्य शक्तिसँगको सम्झौताको ठाउँमा नयाँ आणविक सम्झौता गर्न खोजेको छ । सन् २०१५ को सम्झौतालाई ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा त्यागेका थिए ।
मे ३१ मा पाँचौँ चरणको वार्तापछि इरानले आणविक सम्झौताका लागि अमेरिकी प्रस्तावको ‘तत्वहरू’ प्राप्त गरेको बताएको थियो । अराघचीले पछि उक्त पाठमा ‘अस्पष्टताहरू’ रहेको बताए । इरानले सोमबार अमेरिकी प्रस्तावमा अघिल्लो वार्तालाई प्रतिबिम्बित गर्ने ‘तत्वहरूको अभाव’ रहेको र यसले मध्यस्थकर्ता ओमानमार्फत संयुक्त राज्य अमेरिकालाई ‘उचित, तार्किक र सन्तुलित’ प्रति–प्रस्ताव प्रस्तुत गर्ने बताएको छ ।
सैन्य कारबाहीबाट बच्न आणविक सम्झौता सम्भव छ कि छैन भन्ने कुरा यस हप्ता अमेरिका–इरानबीचको नयाँ वार्ताले स्पष्ट पार्न सक्ने ट्रम्पले बताए । उनका अनुसार इरानसँगको पछिल्लो बैठक बिहीबार हुने अपेक्षा गरिएको थियो । यद्यपि तयारीसँग परिचित एक स्रोतले यो शुक्रबार वा शनिबार हुने सम्भावना रहेको बताएको छ ।
इरान र संयुक्त राज्य अमेरिका हालै इरानको युरेनियम संवर्धनलाई लिएर कूटनीतिक गतिरोधमा फसेका छन् । तेहरानले यसलाई ‘गैर–सम्झौता योग्य’ अधिकारका रूपमा रक्षा गरेको छ र वासिङ्टनले यसलाई ‘लक्ष्मण रेखा’ भनेको छ । इरानले हाल ६० प्रतिशत युरेनियम संवर्धन गरिरहेको छ । यो सन् २०१५ को सम्झौतामा तय गरिएको तीन दशमलव ६७ प्रतिशत सीमाभन्दा धेरै हो भने आणविक हतियारका लागि आवश्यक पर्ने ९० प्रतिशतभन्दा केही कम छ ।
संयुक्त राज्य अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियार प्राप्त गर्न खोजिरहेको आरोप लगाएका छन् । तेहरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: