Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जापानको आर्थिक नाफा १५ अर्ब ६० करोड डलर पुग्यो

खबरडबली संवाददाता

जापान । जापानको चालु खाता नाफा चालु वर्षको अप्रिल महिनामा वार्षिक रूपमा ३.२ प्रतिशतले वृद्धि भई २.२६ ट्रिलियन येन (अन्दाजी १५.६ अर्ब अमेरिकी डलर) पुगेको छ । 

यो वृद्धि मुख्य रूपमा व्यापार घाटामा आएको उल्लेखनीय गिरावटका कारण भएको हो, जापानको वित्त मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

उक्त अवधिमा जापानको व्यापार घाटा ३२.८ अर्ब येनमा सिमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९४.८ प्रतिशतले घटेको हो । यो गिरावट निर्यात ४.० प्रतिशतले बढेर ८.७७ ट्रिलियन येन पुगेको र आयात २.९ प्रतिशतले घटेर ८.८० ट्रिलियन येनमा झरेको परिणामस्वरूप भएको बताइएको छ ।

प्राथमिक आम्दानी, अर्थात् जापानले विदेशमा गरेको लगानीबाट प्राप्त हुने आम्दानी, अप्रिल महिनामा ९.६ प्रतिशतले घट्दै ३.५९ ट्रिलियन येनमा झरेको छ । यस गिरावटको मुख्य कारण प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त आम्दानीमा आएको कमी हो, जुन जापानी मुद्रा येनको मूल्य वृद्धि भएका कारण देखिएको हो ।

त्यस्तै, सेवा व्यापारतर्फ घाटा ४.८ प्रतिशतले वृद्धि भई ७६८.१ अर्ब येनमा पुगेको छ । बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी भुक्तानीमा भएको वृद्धिले यसमा योगदान गरेको छ ।

साथै, पर्यटन क्षेत्रबाट प्राप्त नाफा भने १८.३ प्रतिशतले बढेर ६७५.७ अर्ब येनमा पुगेको छ । अप्रिल महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५ प्रतिशतले वृद्धि भई करिब ३.९१ मिलियन पुगेको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

सिरहाबाट खैरो हेरोइनसहित दुईजना पक्राउ

सिरहा । सिरहाको लहान नगरपालिका– २३ गढिया चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...

केपी ओली निकट एमाले नेता पुरीद्वारा पार्टी परित्याग

विराटनगर । नेकपा (एमाले) का नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन्। एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा केपी शर्मा ओली निकट मानि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending