Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अस्ट्रेलिया बलियो वैश्विक व्यापारिक सम्बन्ध विस्तार गर्न इच्छुक

खबरडबली संवाददाता

सिड्नी । अस्ट्रेलियाका व्यापारमन्त्री डन फारेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्यायपूर्ण’ करको निन्दा गर्दै संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न अस्ट्रेलियाले अन्य देशसँग स्वतन्त्र व्यापार सम्झौता विस्तार गर्न दबाब दिने बताएका छन् । 

अस्ट्रेलिया अमेरिकाको नजिकको सहयोगी देश हो तर ट्रम्पको विश्वव्यापी करको हिस्साको रूपमा संयुक्त राज्य अमेरिकामा निर्यात हुने सामानहरूमा १० प्रतिशत, स्टिल र आल्मुनियममा ५० प्रतिशतसम्म कर लगाइएको छ ।

“म आशावादी छु, विश्वका ती देशहरू जसले स्वतन्त्र र निष्पक्ष व्यापारमा विश्वास गर्छन्, उनीहरू विश्वभरि स्वतन्त्र व्यापार सम्झौताहरू विस्तार गर्न सम्झौतामा पुग्न सक्दछन्, ताकि अमेरिकीहरूले जे सुकै गर्न चाहे पनि हामीसँग व्यापारिक साझेदारहरूको अधिक विविधता छ,” फारेलले स्काई न्यूजसँग भने । 

गत हप्ता पेरिसमा विश्व व्यापार सङ्गठन, आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) र अन्य देशहरूसँगको वार्तापछि उहाँले अस्ट्रेलिया ‘संरक्षणवाद’ रोक्न र स्वतन्त्र र निष्पक्ष व्यापारलाई प्रोत्साहित गर्न केन्द्रित रहेको बताएका थिए । फेरेलले भने, “अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबीचको व्यापार वार्षिक अनुमानित १०० अर्ब अस्ट्रेलियाली डलर (झण्डै ६५ अर्ब अमेरिकी डलर) बराबरको छ । अस्ट्रेलियाले संयुक्त राज्य अमेरिकालाई बेचेको सामानभन्दा बढी किनेको छ ।”  

उनले गत साता आफ्ना अमेरिकी समकक्षी जेमिसन ग्रीरसँग अस्ट्रेलियाबाट हुने निर्यातका सामानमा लगाइएको शुल्कको विरोध गरेको बताएका थिए । “मैले जेमिसन ग्रीरलाई राखेको अडान के हो भने अमेरिकाले अस्ट्रेलियामाथि लगाएको कर अनुचित छ,” फेरेलले भने । “हामी तीमध्ये केही मात्र होइन सबै कर हटाउन चाहन्छौं,” उनले थपे । 

युरोपेली सङ्घ (ईयू) ले गत महिना युक्रेन युद्ध र अन्य विश्वव्यापी सङ्कटका लागि संयुक्त अन्तर्राष्ट्रिय प्रतिक्रिया सिर्जना गर्न अस्ट्रेलियासँग रक्षा साझेदारीको प्रयास गरिरहेको बताएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending