सल्यान । सल्यानको एक सामुदायिक वन समितिले आफ्ना उपभोक्तालाई बाख्रा वितरण गरेको छ ।
जिल्लाको शारदा नगरपालिका– ९ स्थित नयाँ बस्ती सामुदायिक वन उपभोक्ता समितिले आर्थिक सशक्तीकरण तथा व्यावसायिक कृषिमा स्थानीयवासीलाई प्रोत्साहन गर्न बाख्रा वितरण गरेको हो ।
नयाँ बस्तीमा रहेका आफ्ना सम्पूर्ण २३ घरधुरी उपभोक्तालाई एक–एकवटा बाख्रा वितरण गरेको वन समितिका अध्यक्ष कर्ण थापाले जानकारी दिए । सामुदायिक वनमा सञ्चालित घुम्ती कोषको उपयोग गर्दै गरिएको यो पहलले गाउँमा वैकल्पिक आयआर्जनका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
थापाका अनुसार बाख्रा खरिदका लागि प्रति घरधुरी १५ हजार रुपैयाँका दरले लगानी उपलब्ध गराइएको हो । त्यसमा उपभोक्ताले पाँच प्रतिशत योगदान गर्ने व्यवस्था मिलाइएको छ । उनले भने, ‘हामीले प्रत्येक परिवारलाई १५ हजार रुपैयाँ उपलब्ध गराएका छौँ, यसमा प्रतिबाख्रा १८ देखि २० हजार रुपैयाँसम्म लागत परेको छ, कुल तीन लाख ४५ हजार रुपैयाँ खर्च भएको छ ।’
उनले आफ्नो वन क्षेत्रमा बाख्रापालनको राम्रो सम्भावना रहेको बताए । ‘पर्याप्त चरिचरण क्षेत्र, वनको व्यवस्थापन र किसानको अनुभवलाई ध्यानमा राख्दै हामीले यो कार्यक्रम ल्याएका हौँ,’ उनले भने । बाख्रापालनले ग्रामीण समुदायमा रोजगारी सिर्जना गर्नुका साथै दिगो आर्थिक विकासमा टेवा पुर्याउने विश्वास समितिले लिएको छ ।
वितरण गरिएका बाख्रा उपभोक्ताले बिक्री गर्न नपाइने नियम राखिएको छ, जसले दीर्घकालीन लाभ सुनिश्चित गर्ने समितिको उद्देश्य रहेको छ । कार्यक्रममा सहभागीहरूले सामुदायिक वनको घुम्ती कोषलाई यस्ता व्यावसायिक कार्यमा प्रयोग गर्नु सकारात्मक पहल भएको प्रतिक्रिया दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८२ - २०:२९
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ । रौताम...
आषाढ़ ८ गते, २०८२ - २०:२१
आछाम । अछाममा बलात्कृत दृष्टिविहीन महिलाले बच्चा जन्माएकी छन् । २१ वर्षीया महिलाले जिल्ला अस्पताल मंगलसेनमा आइतबार छोरा जन्माएकी हुन् । अस्पताल स्र...
आषाढ़ ८ गते, २०८२ - २०:०९
झापा । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको ...
आषाढ़ ८ गते, २०८२ - २०:०६
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाब...
आषाढ़ ८ गते, २०८२ - २०:०२
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन वि.सं. २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ ...
आषाढ़ ८ गते, २०८२ - १९:०२
काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।...
आषाढ़ ८ गते, २०८२ - १८:५७
काठमाडौं । क्यानडा अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपमा छनोट भएको छ । अमेरिकी छनोट अन्तर्गत शनिबार राति भएको खेलम...
आषाढ़ ८ गते, २०८२ - १८:५३
बाजुरा । गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गौमूल वडा नम्बर३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्र...
आषाढ़ ८ गते, २०८२ - १८:२३
काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प...
आषाढ़ ८ गते, २०८२ - १८:१९
बैङ्कक । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग...
प्रतिकृया लेख्नुहोस्: