Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

नवलपरासी पूर्व कावासोतीका २५ घर भूमिहीनले पाए लालपुर्जा

खबरडबली संवाददाता

कावासाेती । नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिकाले वडा नम्बर चारबाट भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु गरेको छ ।

बुधवार कावासोती–४ मा एक कार्यक्रम गरेर २५ घर परिवारलाई लालपुर्जा वितरण गरिएको हो । प्रतिनिधि सभाका पूर्व सांसद तिलक महतबाट जग्गाधनी पुर्जा वितरण गरिएको थियो । भूमिहीन दलित र सुकुम्वासीलाई पुर्जा वितरण गर्दै पूर्व सांसद वर्षौँदेखि भूमिहीन भएर बस्दै आएकाहरूले अब आफ्नो अधिकार प्राप्त गर्न थालेको भन्दै जिल्लामा बाँकी रहेका अन्य भूमिहीन दलित र भूमिहीन सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई  आयोगले काममा तीव्रता दिनुपर्ने बताए । 

लामो समय देखी जोत भोग गर्दै आएको जग्गाको पुर्जा पाएपछि  स्थानीय खड्ग बहादुर गुरुङ निकै खुसी छन् । गुरुङले जग्गाधनी पुर्जा नहुँदा धेरै समस्या भोगेको सुनाउँदै अब भने पुर्जा हात परेपछि सजिलो हुने बताए । 

वडामा भूमिहीन बासिन्दालाई जग्गाको मालिक बनाउने कार्यमा वडा अध्यक्षका रूपमा सहजीकरण गर्न पाउँदा धेरै खुसी लागेको वडा अध्यक्ष नारायण प्रसाद लोहनीले बताए । वडामा छिट्टै अव्यवस्थित बोसवासीलाई पनि पुर्जा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

नगर प्रमुख विष्णुप्रसाद भुसालले लालपुर्जा वितरण प्रक्रियामा केही झन्झटिलो रहेकाले त्यसलाई सरल बनाउँदै लैजानुपर्ने बताए । कावासोती नगरपालिका भित्र हालसम्म भूमिहीन दलित ६९७, भूमिहीन सुकुम्वासी १,२४० र अव्यवस्थित बसोवासी  ५,५९६ जनाले फारम भरेको प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: