सप्तरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजविराज नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा हरिकिशोरप्रसाद चन्द्रवंशी जिम्मेवारीमा आएका छन् ।
मन्त्रालयले सर्लाहीको हरिपुर्वा नगरपालिकामा कार्यरत चन्द्रवंशीलाई मंगलबार सरुवा गरी नगरपालिकाको जिम्मेवारीमा पठाएको हो । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर मंगलबार राजविराज नगरपालिका कार्यालयमा तनाव पनि भएको थियो । मन्त्रालयले नगरपालिकालाई पत्र पठाउँदै चन्द्रवंशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको जानकारी गराएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त समूहमा दरवन्दी कायम रहने गरी चन्द्रवंशीलाई कामकाज गर्न खटाइएको छ, मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ । यसअघि मन्त्रालयले राजविराज नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर दिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी पनि रद्द गरेको छ ।
राजविराज नगरपालिकामा लागेको ताला फुटाएर निमित्त प्रमुख प्रसाकीय अधिकृत भोगेन्द्रप्रसाद यादवले पदभार ग्रहण गरेकै दिन अर्को व्यक्तिलाई मन्त्रालयले सो जिम्मेवारीमा पठाएको छ । निलम्बित नगरप्रमुख भीमराज यादवसहित उनका समर्थकहरुले यसअघिका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको सरुवाको विषयलाई लिएर आइतबार ९ बुँदे माग अघि सार्दै लगाइएको ताला फुटाएर कार्यवाहक नगरप्रमुख इसरत परवीनसहितका जनप्रतिनिधिहरुले कार्यालय प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: