Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

भारत र चीनले प्रत्यक्ष उडान पुनः सुरु गर्न ‘तीव्रता’ ल्याउने

खबरडबली संवाददाता

भारत । भारतले शुक्रबार छिमेकी चीनसँग तिनीहरूबीच प्रत्यक्ष उडान पुनः सुरु गर्ने प्रक्रियालाई ‘तीव्रता’ दिन सहमत भएको बताएको छ । यो सम्बन्धमा थप सुधारको सङ्केत हो, यद्यपि कुनै समयसीमा दिइएको छैन् ।

कोभिड–१९ महामारी र त्यसपछि सन् २०२० मा हिमालय सीमामा तिनीहरूका सैनिकहरूबीच भएको घातक झडपपछि उडानहरू बन्द भएका थिए । “दुवै पक्षले प्रत्यक्ष हवाई सेवा पुनः सुरु गर्नमा संलग्न कदमहरूलाई तीव्रता दिन सहमति गरे”, नयाँदिल्लीको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भन्यो ।

यो देशका शीर्ष करियर कूटनीतिज्ञ विक्रम मिश्रीले भारतमा चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङसँग भेटेको एक दिनपछि आएको हो । बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनको पाँच वर्षपछि उडान पुनः सुरु गर्नेतर्फ ‘सकारात्मक दृष्टिकोण’ रहेको बताए ।

“चीन र भारतबीच प्रत्यक्ष उडान पुनः सुरु गर्नु दुवै पक्षबीच व्यक्तिगत आदानप्रदान र सहयोगका लागि सहायक छ र दुवै पक्षको साझा हितमा छ”, लिनले बेइजिङमा नियमित पत्रकार सम्मेलनमा भने । नयाँदिल्ली र बेइजिङले पहिलो पटक जनवरीमा उडान पुनः सुरु गर्ने सैद्धान्तिक सहमति घोषणा गरेका थिए । ‘छिमेकीहरूले भिसा सुविधा र मिडिया र थिङ्क ट्याङ्कहरूबीच आदानप्रदानका लागि व्यावहारिक कदमहरू’ लिन पनि सहमति गरेको मन्त्रालयको विज्ञप्तिले उल्लेख छ ।

भारतीय मिडिया आउटलेट मनीकन्ट्रोलका अनुसार महामारीअघि चीन र भारतबीच लगभग पाँच सय मासिक प्रत्यक्ष उडानहरू सञ्चालन हुन्थे । भारत र हङकङबीच पहिले नै नियमित उडानहरू छन् । भारत र चीन दक्षिण एसियाभरि प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी हुन् ।

सन् २०२० मा दुवै मुलुकको तीन हजार पाँच सय किलोमिटर उचाइको सीमाको दुर्गम भागमा भएको झडपमा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिक मारिएका थिए । त्यसपछि भारत संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको क्वाड गठबन्धनको नजिक पुग्यो । क्वाडमा जापान र अस्ट्रेलिया पनि समावेश छन् । क्वाडले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई प्रतिरोध गर्न खोज्छ ।

नयाँदिल्लीले चिनियाँ कम्पनीहरूलाई महत्त्वपूर्ण आर्थिक क्षेत्रमा लगानी गर्नबाट रोकेको भने टिकटकसहित सयौँ चिनियाँ गेमिङ र इ–कमर्स एपहरूमा प्रतिबन्ध लगाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending